महिला खबर
काठमाडौं, असार ३०। नागरिकताविहिन र छोराछोरीलाई आफ्नो नामबाट नागरिकता दिन नसकेकाहरूले ‘आमा वा वुवाको नाममा नागरिकता सञ्जाल’ गठन गरेका छन्। नागरिकताविहिन र छोराछोरीलाई आफ्नो नामबाट नागरिकता दिन नसकेका ४० जना भन्दा धेरै प्रभावितले यो सञ्जाल बनाएको जानकारी आज काठमाडौंमा पत्रकार सम्मेलन गरि दिएका हुन्।
नागरिकताविहिन प्रभावितहरूको सहभागिता बढाई आमा वा बाबुको नामबाट नागरिकता पाउने व्यवस्था संविधानमा राख्न दवाव दिने उद्देश्यले सञ्जाल गठन गरिएको जानकारी उनीहरूले दिएका थिए। जिल्ला जिल्लामा सञ्जालको विस्तार गरी यो अभियानलाई देशव्यापी बनाउने सञ्जालकी सदस्य दिप्ती गुरुङले बताउनुभयो।
पत्रकार सम्मेलनमा सञ्जालका सदस्यहरूले आफूले नागरिकता नपाएर वा आफ्ना छोराछोरीलाई नागरिकता दिलाउन नसकेर समस्या भोगीरहेकाले यसमार्फत राज्यलाई दवाव दिई आमा वा बाबुको नामबाट नागरिकता पाउने व्यवस्थाका लागि दवाव दिने अठोट गरेको बताए।
प्रकाशित मितिः २०७२ असार ३० गते बुधवार
Comment Here!