मेरो शरीरको अधिकार प्राप्त गर्नुछ : उपसभामुख घर्ती


प्रकाशित मिति :2015-07-15 17:04:28

महिला खबर 

ललितपुर, असार ३० । संविधान सभाका उपाध्यक्ष ओनसरी घर्तीले आफ्नो शरीर माथिको अधिकार प्राप्त गर्न सक्रिय भएर लाग्न सबै सभासदहरूलाई आव्हान गर्नु भएको छ ।

सञ्चारिका समूह र महिला कानुन र विकास मञ्चले ललितपुरमा आयोजना गरेको संविधानको मस्यौदा र प्रजनन स्वास्थ्य अधिकार विषयक अन्तरक्रियामा बोल्दै घर्तीले भन्नुभयो–‘प्रजनन स्वास्थ्य अधिकार पुरुषका लागि मानव अधिकारको कुरा होला, तर मैले मेरो शरीरको अधिकार प्राप्त गर्नुछ ।’ त्यसैले संविधानमा महिलाको प्रजनन् स्वास्थ्यको हक सुनिश्चित गर्न महिला सभासदहरू लडनु पर्ने कुरामा एकमत हुन सुझाव दिनुभयो ।

????????????????????????????????????

एउटा लिङ्ग पूर्ण स्वतन्त्र र अर्को दास बन्ने खालको संविधान बन्न नहुनेमा उहाँले जोड दिदै भन्नुभयो –‘महिलाको शरीरमाथि महिला कै हक हुनुपर्छ, न कि श्रीमान, घरपरिवार र समाजको नियन्त्रणमा ।’
कार्यक्रममा बोल्दै संविधान मस्यौदा समिति सदस्य डिना उपाध्यायले भ्रुणहत्या शब्द जानी–जानी राखिएको रहेछ भन्ने कुरा अहिले थाहा पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘महिलाका अधिकार कानुनमा लेखेको त पाएका छैनौ, नलेखेको के पाइन्छ, भन्दै हामीले लेख्नैपर्छ भने मस्यौदा समितिमा प्रतिवाद मात्र होइन, संर्घष गर्दै आएका छौं ।’
मस्यौदा समितिका सदस्य लक्ष्मणलाल कर्णले संविधानमा सुनिश्चित नभएका अधिकार प्राप्त हुँदैन, त्यसैले संविधानमा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजनन सम्बन्धी हक भन्ने व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कांग्रेस सभासद गगन थापाले भ्रुणहत्या शब्द ध्यान नदिएर भुलबस आएको बताउँनुभयो । उहाँले यो शब्द हटाउन आफूले आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो । थापाले संविधानको मस्यौदामा महिलाका अधिकार सम्बन्धि धेरै विषय सच्याउनुपर्ने र थप्नु पर्ने छन्, त्यसैले हामीले थाहा पाएका मुद्दा फरक मतका रुपमा राख्नेछौं भन्नुभयो । एमाले सभासद तथा पूर्व स्वास्थ्यमन्त्री डा वंशिधर मिश्रले प्राप्त भएका अधिकारमा अंकुश लगाउन नपाइने बताउँदै भन्नुभयो, ‘संविधानमा भ्रुणहत्या भन्ने शब्द राख्नै हुँदैन ।’

????????????????????????????????????

कार्यक्रमा सहभागी डा इन्दिरा बस्नेतले प्रजनन् स्वास्थ्य अधिकार महिलाको मात्र होईन यो पुरुषको पनि हो भन्दै यसलाई वृहत रुपमा हेरिनु पर्ने सुझाव दिनुभयो । जनमोर्चाका सभासद दुर्गा पौड्यालले गर्भपतन गर्ने अधिकार महिलाको स्वतन्त्र अधिकार हुनुपर्ने बताउनुभयो । संविधानमा प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गर्न आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै अधिवक्ता सविन श्रेष्ठले प्रजनन् स्वास्थ्य अधिकार अन्तरिम संविधानमा उल्लेख गरिए जसरी राख्नुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्रस्तावित मस्यौदाले लैङि्गक पहिचानको आधारमा भ्रुणहत्या गर्ने कार्य कानुन बमोजिम दण्डनीय हुनेछ भन्ने विषय संविधानमा उल्लेख गर्न आवश्यक नरहेको बताउनुभयो । प्रजनन सम्बन्धि हक र प्रजनन् स्वास्थ्य हक बिच धेरै भिन्नता हुने भएकाले प्रत्येक महिलालाई प्रजनन् स्वास्थ्य तथा प्रजनन् सम्बन्धि हक भन्ने व्यवस्था संविधानमा राख्नुपर्ने सुझाव दिनुभयो ।

????????????????????????????????????

कर्यक्रममा बोल्ने सहभागीहरूले मस्यौदामा राखिएको भ्रुणहत्या शब्द हटाउन माग गरेका छन् ।

संविधानको मस्यौदामा  अाएकाे प्रजनन् स्वास्थ्य सम्बन्धि हकमा  गरिएकाे व्यवस्थामा सुझाव दिन आयोजना गरिएको कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले आधा भन्दा बढि जनसंख्या भएको समूदायको अधिकार सुनिश्चित नभएको संविधानको औचित्य नहुने विचार व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः २०७२ असार ३० गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: