सुधारिएको चुलोको प्रयोगले गृहणी स्वस्थ


प्रकाशित मिति :2015-07-16 10:31:03

खेमा बस्नेत
unnamed (2)कैलाली,असार ३१ । धुँवाको मुस्लोको पर्वाह नगरी विहान वेलुकी खाना पकाउने कैलालीको पवेरा गाविसका गृहणी महिलाको समस्या ढिलै भएपनि हटेको छ ।

जलवायु परिवर्तन सहयोग कार्यक्रम (लापा) अन्र्तगत पवेरामा सुधारिएको चुलोको प्रयोग हुन थालेपछि महिलालाई साधारण चुलो प्रयोग गर्नुपर्ने झन्झट हटेको हो ।

घरभित्रको धुँवा मुक्त गर्ने उद्देश्यले लापाले पवेरामा बसोबास गर्दै आएका चौधरी समुदायका ३६ घरधुरीमा सुधारिएको चुलो बनाईएको छ । पवेराका हरेक घरमा सुधारिएको चुलो प्रयोगमा आएपछि यस गाविसलाई जिल्ला विकास समिति कैलालीले घरभित्रको धुँवा रहित गाविस घोषणा गरेको छ ।

जिल्ला विकास समिति कैलालीले गत जेठ ३२ गते पवेरा र कोटा तुल्सीपुर गाविसलाई घरभित्रको धुँवा मुक्त गाविस घोषणा गरेको थियो ।

यसअघि परम्परागत चुलोमा खाना पकाउँदै आएका त्यस गाविसका गृहणी धुँवामुक्त सुधारिएको चुलोको प्रयोगपछि खुशी देखिएका छन् । धुँवा कम आउने मात्रै होइन, सुधारिएको चुलोमा खाना पकाउँदा दाउराको पनि बचत भएको उनीहरूको भनाई छ ।

पवेराकी मञ्जु चौधरीले सुधारिएको चुलोमा खाना पकाउन थालेपछि दाउरा कम खपत भएको बताउँछिन् ।

उनले घरभित्रको धुँवा चिम्नीले बाहिर फालिदिंदा खाना पकाउन सजिलो भएको बताइन् ।
खुल्ला धुँवायुक्त चुलोमा खाना पकाउदा धुँवाले आँखा पिरो हुने, टाउको दुख्ने, खोकी लाग्ने हुन्थ्यो । ठूलो परिवारलाई खाना खुवाउन समस्या हुन्थ्यो’ उनले भनिन्—अहिलेको सुधारिएको चुलोमा खाना पकाउदा दाउरा पनि कम लाग्छ, भाँडा माझ्न सजिलो हुन्छ, धुँवा आउदैन ।’
पवेरा विशानपुरकी ५५ वर्षीया फुलकुमारी चौधरीले भने सुधारिएको चुलो प्रयोग गर्नथालेपछि आँखाको समस्या हटेको सुनाइन् ।

दाउराबाट निस्कने धुवाँका कारण उनले राम्रोसँग आँखा  देख्न छोडेकी थिइन् ।  सुधारिएको चुलोमा खाना बनाउँदा धुवाँ नहुने भएपछि आँखाको समस्या कम भएको उनले बताइन् । विहानै उठेर १५÷२० जनालाई खाना पकाउनुपथ्र्यो, खाना पकाउँदा निस्केको धँुवाले आँखामा असर पु¥याएको रहेछ । अहिले धुवाँबाट टाढा हुँदा अलिअलि आँखा देख्न थालेकी छु’ फुल कुमारीले भनिन् ।

स्थानीय रुपमति चौधरी सुधारिएको चुलोको प्रयोगले धुवाँधुलोबाट छुटकारा पाएको वताउँछिन् ।
सुधारिएको चुलोमा खाना पकाउँदा  दाउरा पनि धेरै नचाहिने स्वास्थ्यलाई पनि असर नहुने उनी बताउँछिन् । उनले साधारण चुलो विस्थापित गरेपछि खाना पकाउन सजिलो बताइन् ।

‘धुवाँ हुँदैन, घर सफा हुन्छ,’ मुस्कुराउँदै रुपमतिले भनिन्, ‘साधारण चुलोमा खाना पकाउँदा घर धुवै धुँवाले भरिन्थ्यो,  घरका भित्ता कालै हुन्थे, आँखा मिच्दै खाना पकाउनु पथ्र्यौ ।’

घरमा सुधारिएको चुलो प्रयोगले घरसफा भएको पवेरा कै रञ्जिता चौधरीले बताइन् । धुँवाले घरको खाना कालो हुन्थ्यो, कपडा सबै काला हुन्थे । बत्तीको चिम पनि कालो भएर उज्यालो कम दिन्थ्यो,’ रञ्जिताले भनिन, अहिले त्यस्तो छैन ।’

साधारण चुलो प्रयोग गर्दा आँखा दुख्ने, टाउको दुख्ने, जिउ चिलाउने, घाँटी बस्ने, स्वास फुल्ने जस्ता रोगले सम्भावना बढी हुन्छ । पवेराका टिंगुराम थारुले अहिले घर सफा हुनुका साथै परिवारमा विरामी हुनेको संख्या पनि घटेको बताए ।

अन्य बैकल्पिक तथा नविकरणीय उर्जाको तुलना सुधारिएको चुलो बनाउन निकै सस्तो समेत छ ।

पवेरा गाविसका सचिव बलराम चौधरीले विगतमा २०६२ देखि २०६९ सम्म खुला दिसा मुक्त गाविस घोषणा गर्न गरिएको कामको अनुभव र जनचेतनाले तीन महिनामै पवेरालाई  घरभित्रको धुँवा मुक्त गाविस घोषणा गर्न मद्दत पुगेको बताए ।

कैलालीको पवेराका १ हजार १ सय ३ र कोटातुल्सीपुरका २ हजार ३ सय ६० परिवारले सुधारिएको चुलो प्रयोग गर्ने गरेका छन् ।

यी दुबै गाविसले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी एकसाथ घरभित्रको धुँवा मुक्त गाविस घोषणा गरेका हुन् । कोटातुल्सीपुरका १ हजार नौ सय ६ परिवारले वाँयोग्यास पनि प्रयोग गरेका छन् । त्यसैगरी, पवेराका पाँच र कोटातुल्सीपुरका ८८ परिवारले सुधारिएको चुलो सहित एलपी ग्याँस प्रयोग गरेका छन् ।

प्रकाशित मिति: २०७१ असार ३१ विहिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: