श्रीमानको मृत्युपछि चेपाङ परिवारको विचल्ली


प्रकाशित मिति :2015-07-16 12:50:24

सरिता श्रेष्ठ
Chepang mahila
धादिङ, असार, ३१ । श्रीमानको मृत्यु भएपछि  जोगीमारा जवाङका चन्द्रकुमारी चेपाङको परिवार विचल्लीमा परेको छ । परिवारका लागि कमाउने श्रीमानको मृत्यु भएपछि घरमा बालबाच्चालाई खुवाउने अन्न समेत नभएको उनले बताइन् ।

‘खेती गर्ने जमिन छैन, घरमा खाने अन्न छैन, बालबच्चालाई खुसी बनाउने केहि पनि खानेकुरा छैन’— मलिन अनुहारमा देखिएकी चन्द्रकुमारी आफ्ना पीडा पोखिन् ।

तीस हजार रुपैयाँ ऋण लागेपछि तीन रोपनी जग्गा साहुलाई बुझाएर ८ वर्षसम्म ओडारमा परिवारसहित बसेका सुमनसिंह चेपाङको गत मङ्गलबार मृत्यु भएपछि बालबच्चा र परिवार धान्ने जिम्मा उनको श्रीमती चन्द्रकुमारी चेपाङको काँधमा आएको छ ।

उनका ४ जना छोराछोरी छन् । श्रीमानको मृत्यु र बालबच्चाको विचल्ली भएको खबर आएपछि  उनलाई केही संघसंस्था र व्यक्तिले सहयोग गरेका छन् ।

ओडारमा बस्दै आएका चेपाङ परिवारलाई २०६९ साल पुसमा विभिन्न दाताको सहयोगमा पुर्नवास गराइएको थियो ।

प्रकाशित मितिः २०७२ असार ३१ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: