महिला खवर
नेपालगन्ज, असार ३१। बाँकेमा महिलाद्वारा सञ्चालित सहकारी संस्थामध्ये ५० प्रतिशतमात्रै सक्रिय रहेको पाइएको छ। । महिलाले दर्ता गरेका ५८ ओटा सहकारी मध्ये २५ ओटा मात्रै सक्रिय रहेको सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेले जनाएको छ।
यी मध्ये १० वटा सहकारी अति निस्त्रि्कय र २३ ओटा सुधारोन्मुख अवस्थामा रहेका छन्। जस मध्ये अति निस्त्रि्कय रहेका १० सहकारीलाई आर्थिक वर्ष २०७२/०७३ मा खारेजी गर्ने सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेका प्रचार्य प्रकाशराज पौडेलले बताउनुभयो।
‘महिलाद्वारा सञ्चालित कतिपय संस्था अत्यन्त राम्रोसँग चलेका छन्, नियमित रुपमा मासिक तथा वार्षिक विवरण बुझाई रहेका छन्,’ प्राचार्य पौडेलले भन्नुभयो ‘तर, १० सहकारी अति निस्क्रिय रहेकोले खारेजीको अवस्थामा पुगेका छन्। ‘
बाँकेमा आर्थिक वर्ष २०७१/०७२ को अन्तसम्ममा ४ सय ४४ ओटा सहकारी संस्था दर्ता भएका छन् । जसमध्ये अति निस्क्रिय अवस्थामा रहेका यी १० वटासहित ५० ओटा सहकारीलाई आगामी आर्थिक वर्ष २०७२/०७३ मा खारेजी गर्ने सहकारी तथा प्रशिक्षण डिभिजन कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मितिः २०७२ असार ३१ गते बिहीवार
Comment Here!