महिला खवर
ललितपुर,असार ३१ । अन्तरिम संविधानमा सुनिश्चित गरिएका महिला अधिकारका मुद्दालाई हुबहु नयाँ संविधानमा राख्न महिला अधिकारकर्मीहरूले माग गरेका छन् । महिलाको अधिकार सुनिश्चित नगरि संविधान जारी नगर्न चेतावनी समेत उनीहरूले दिएका छन् ।
सुझावका लागि जनतामा पठाईएको संविधानको मस्यौदामा महिलाका अधिकार कटौती गरेको प्रति आक्रोस पोख्दै अधिकारकर्मीहरूले भने ‘आधा भन्दा बढी जनसंख्या भएको समूदायलाई छलेर नेताले आफ्नो लागि संविधान ल्याएका छन्, यो कुनै पनि हालतमा मान्दैनौं । हाम्रा माग समेटिएन भने अधिकारका लागि अर्को आन्दोलनमा जान्छौ ।’
सञ्चारिका समूहले प्रस्तावित संविधानमा महिलाका सरोकारहरु विषयमा गरेको टेलिभिजन कार्यक्रम समकोणमा बोल्ने अधिकारकर्मी महिलाले नागरिकता, प्रजनन् स्वास्थ्य, समानुपातिक समावेसी प्रतिनिधित्व, राज्यका सम्पूर्ण निकायमा समान पहुँच, पितृसत्तात्मक व्यवस्थाको अन्त्य र संविधानमा लैंगिकमैत्री शव्दहरू राख्न पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, झलनाथ र बाबुराम भटटरालाई सुझाव दिएका छन् ।
टेलिभिजन कार्यक्रम समकोणमा बोल्दै पूर्व प्रधानमन्त्री तथा सम्वाद समितिका संयोजक डा. बाबुराम भट्टराईले सहमति भएका महिलाका अधिकार संविधान मस्यौदा समितिमा रहस्यमय ढंगले कटौती भएर आएको बताउनुभयाे । अंश,वशं र राजनीतिक अधिकार प्राप्त नहुँदासम्म महिला हिंसा अन्त्य नहुने उहाँको तर्क छ । सोही कार्यक्रममा बोल्ःदै पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले महिलाले उठाएका मुद्दा नयाँ बन्ने संविधानमा सकेजति लिपिवद्ध गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यसैगरी पुर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले महिलाले उठाएका सम्पूर्ण माग जायज भएको भन्दै आफ्नो पार्टीको तर्फवाट माग सम्बोधन गर्ने बचन दिनुभयो ।
महिला अधिकारकर्मी र तीन जना पूर्व प्रधानमन्त्रीबिचको बहस साउन १ गते शुक्रवार बेलुका ९ देखि १० बजेसम्म कान्तिपुर टेलिभिजनमा हेर्न सक्नुहुनेछ । यसको पुनः प्रसारण शनिवार विहान ९ देखि १० वजेसम्म हुन्छ ।
प्रकाशित मिति २०७२ असार ३१ गते बिहीवार
Comment Here!