ट्रेकिङ गाईडमा रमाउदै साहसी महिला


प्रकाशित मिति :2015-07-17 14:11:34

कविता श्रेष्ठ

1011315_10201081420853568_6109138_n
पोखरा, साउन १। स्वदेशी तथा विदेशी पर्यटकलाई नेपालका विभिन्न क्षेत्रमा घुमाउदै आएका थ्री सिस्टर्सका तीन जना  महिलाले पर्यटकीय क्षेत्रमा लोभलाग्दो प्रगती गरेका छन् ।

तीन दिदी बहिनी लक्की, निक्की, डिक्की क्षेत्रीले २०५१ सालदेखी पोखरामा सञ्चालन गरेको थ्री सिस्टर्स एड्भेञ्चर ट्रेकिङ कम्पनीले अहिले ३ सय महिलालाई रोजगार दिएका छन् ।

सात वर्षदेखी पोखराको थ्री सिस्टर्समा काम गर्दै आएकी पर्वत सरङखोलाकी २९ वर्षीया लक्ष्मी भारती स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरालगायतका पर्यटकीय क्षेत्रहरूमा घुमाएकी छन् । भीर पखेरा, उकाली ओराली गर्दा जति दुःख भएपनि पाहुनाहरुसँगको भेटघाटले रमाइलो हुने अनुभव लक्ष्मी सुनाउँछिन् ।

पृथ्वीनारायण क्याम्पसको समाजशास्त्र विषयमा स्नातकोत्तर अध्ययन गरिरहेकी उनी समाज बुझ्नलाई पर्यटकसँग परिचित हुन  आवश्यक छ भन्छिन् ।  भविष्यमा सफल पर्यटन व्यवसायी बन्ने लक्ष्य  उनको छ ।  लक्ष्मीले मनाङ, अन्नपूर्ण बेसक्याम्पदेखी पोखराका अन्य पर्यटकीय ठाँउमा पर्यटकलाई घुमाउँने गर्छिन् ।

झट्ट हेर्दा पर्यटकसँग हिड्ने यो पेसा निकै रमाईलो जस्तो लागे पनि पहिरो आउने,समयमा खाना खान  नपाउने जस्ता समस्याले जोखिमपूर्ण  बनाएको लक्ष्मी बताउँछिन् ।

त्यस्तै अर्की ट्रेकिङ गाइड सोलुखुम्बुकी ४० वर्षीया सीता राईको पनि यो क्षेत्रको अनुभव निकै रमाइलो छ । १६ वर्षदेखि ट्रेकिङ गाइडको रुपमा काम गर्दै आएकी राइले सुरूका दिनमा निकै कठिनाइ  भोग्नु परेपनि काम गर्दै जाँदा यो पेसा रमाईलो भएको बताउँछिन् । उनले भनिन् ‘केटी भएर पनि केटाको काम गर्दा सुरु सुरुमा धेरैले हामीलाई जिस्काउने गर्थे ।’

विदेशी महिला पर्यटकहरूले आफूहरूलाई धेरै मन पराउने गरेको उनीहरू सुनाउँछन् ।

1489573_10201977191205290_168276124_o

महिला कमजोर, अबला, निरिह हुन्छन् भन्ने सामाजिक मान्यतालाई परिवर्तन गर्न यो पेसा सफल भएको  सीता राईको बुझाई छ । अरु पेसाभन्दा यसमा सम्मान, आत्मसन्तुष्टि  र उचित पारिश्रमिक  पाउने भएकाले अन्य महिलालाई यस क्षेत्रमा आउन उनी सुझाव दिन्छिन् ।
नवलपरासी, सुनौलकी भगवती पुनले पनि ट्रेकिङ गाइडको काम गरेको ८ वर्ष भयो । भगवतीका अनुसार हरेक नयाँ दिन नयाँ अनुहार,नयाँ विदेशीलाई मनाङ, मुस्ताङ, अन्नपूर्ण बेसक्याम्पदेखि जोमसोम सम्मका पर्यटकीय स्थलहरू देखाउने काम जोखिमपूर्णका साथै रोचक छ्र । ‘अंग्रेजी भाषा नबुझेर विदेशीले प्रश्न सोध्दा अकमक्क परेर हेरिरहन्थें, गाह्रो पो थियो नि’,उनी विगत सम्झिन्छिन् । अहिले उनी अंग्रेजी, जापानी र हिबु्र भाषामा सजिलै कुराकानी गर्न र लेख्न सक्ने  भएको बताउँछिन् ।

थ्री सिस्टर्स ट्रेकिङबाट गाइडको तालिम लिएका महिला गाइडले पुरुष गाइडसँगै आफ्नो पेसामा कटिवद्ध भएर लागेका छन । यस संस्थाबाट तालिम लिएका चार हजार भन्दा बढी महिला गाइड नेपालमा मात्र नभई विदेशमा पनि कार्यरत छन । विदेशी पर्यटकसँग चिनजानका साथै उचित पारिश्रमिक पाउने भएकाले अहिलेका महिला यस क्षेत्रप्रति आकर्षित रहेको थ्री सिस्टर्सकी संचालक लक्की कार्की  बताउँछिन् । निरन्तर अभ्यास र आत्मविश्वास भए, जे पनि सम्भव हुने र यस क्षेत्रमा महिलाका लागि थुप्रै अवसर भएकाले दृढ संकल्पका साथ लाग्न  सबै महिलालाई  उनको आग्रह छ ।

 

प्रकाशित मिति :२०७२ साउन १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: