‘संविधान लेख्दा बत्ती गयो’


प्रकाशित मिति :2015-07-17 15:58:38

महिला खबर

काठमाडौं, साउन १ । राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता मोहना अन्सारीले मानव अधिकारमैत्री संविधान नबने मान्य नहुँने बताउनु भएको छ ।  अखिल नेपाल महिला संघ क्रान्तिकारीले आयोजना गरेको प्रारम्भिक मस्यौदामा महिला अधिकारका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अन्सारीले मस्यौदा केही सकारात्मक भए पनि धेरै कुरा चित्त बुझ्दो नभएको बताउनु भयो ।

?????????????

उहाँले मस्यौदा समितिलाई व्यङ्ग गर्दै भन्नुभयो ‘अन्तरिम संविधानले सुनिश्चित गरेका र सम्सवाद समितिमा सहमति भएका महिलाका अधिकारको विषय लेख्दालेख्दै बत्ति गएर छुटे जस्तो छ ।’
अधिकारकर्मी सपना प्रधान मल्लले राजनीतिक भागवण्डाले मस्यौदामा महिलाको मौलिक हक अधिकारमाथि नियन्त्रण र अंकुस लगाएको बताउनुभयो ।

?????????????

यसैगरी संकल्पका अध्यक्ष दुर्गा सोवले यो बेला महिला ‘मर र गर’को स्थितिमा आईपुगेको विचार व्यक्त गर्नुभयो । उहाँले मस्यौदा संविधानमा महिलाभित्रको पनि पछाडि पारिएका समूदायका महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सुझाव दिनुभयो । प्रशासनविद् कृष्ण हाथेछुले संविधानको मस्यौदा तयार पार्नेहरूले लागू गर्नुपर्छ भन्ने कुरा विर्सिएको तर्क गर्नुभयो ।
कार्यक्रममा सभासद कुन्ती शाहीले अधिकार प्राप्तिको लागि सडक र सदनको मोर्चामा सबै पार्टी र अधिकारकर्मी महिला आउनुपर्नेमा जोड दिनुभयो ।

?????????????

संघले मस्यौदामा प्रस्तावना, नागरिकता, राजनीतिक दल सम्बन्धी व्यवस्था, मौलिक अधिकार, शासकीय स्वरुप, निर्वाचन प्रणालीमा महिलाको सहभागिता, राज्यको पुनःसंरचना, राज्यको निर्देशक सिद्धान्त, संक्रमणकालीन न्याय, न्याय परिषद, संवैधानिक आयोग र पुनर्नियुक्तिमा महिलाको समान सहभागिता र समावेसी सुनिश्चित गर्ने लगायतका विषयमा आफ्नो सुझाव सहितको अवधारणा पत्र छलफलका लागि प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति २०७२ साउन २ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: