संविधानको प्रारम्भिक मस्यौदा महिलाप्रति अनुदार


प्रकाशित मिति :2015-07-17 21:26:44

कविता श्रेष्ठ

काठमाडौं¸साउन १ । संविधानको प्रारम्भिक मस्यौदालेनै महिलामाथि विभेद गरेको,महिलाको पहिचान र पहुँच स्थापित गर्न चुकेको एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरूले परिणाममै महिला अधिकार स्थापित हुने संविधान निर्माण गर्न सुझाव सङ्कलन टोलीलाई आईतवार ध्यानकर्षणपत्र बुझाउने भएका छन् ।

महिला कानूनर विकास मंच, नेपाल युवा संस्था संजाल र लुम नेपालले शुक्रबार काठमाडाैंमा आयोजना गरेको संविधानको मस्यौदा २०७२ र सुधार विषयक छलफल कार्यक्रममा संविधान लैंगिकमैत्री तथा प्रयोग गरिने भाषा लैगिकतटस्थ हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा महिला कानून र विकास मंचका कार्यक्रम संयोजक सुबिन मुल्मीले संविधानको मस्यौदाले सुरुदेखि अन्त्यसम्म महिलालाई नागरिकको रुपमा स्वीकार नगरेको बताउँदै महिलामैत्री संविधान निर्माणका लागि दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संविधानको मौलिक हकमा महिला हकको व्यवस्था अनुरुप राज्यका सबै तह र अङ्गमा महिलाको समानुपातिक प्रतिनिधित्व गराउने व्यवस्थालाई सुनिश्चत गर्न आवश्यक रहेको बताउनुभयो ।

त्यसैगरी लुमका तर्फबाट बिष्णु न्यौपानेले संविधानमा प्रजनन् स्वास्थ्य र यौनअधिकार, समान कामका लागि समान पारिश्रमिकलगायत महिला अधिकारस्थापित गर्न सबैलाई जुट्न आग्रह गर्नुभयो |

महिलामैत्री संविधान निर्माणका लागि दबाब सिर्जना गर्न साउन ४ र ५ गते महिला कानून र विकास मंचले १८ वटा जिल्लाका निर्वाचन क्षेत्रमा  हस्ताक्षर संकलन गर्ने कार्यक्रम  तय गरेको जनाएको छ भने संविधानको मस्यौदामा महिला सवाल नामक फेसबुक पेजमार्फत संयुक्तरुपमा विभिन्न निर्वाचन क्षेत्रमा हुने सार्वजनिक सुनुवाईबारे जानकारी दिइने भएको छ । त्यसैगरी साउन ८ गते  माइतीघर मण्डलाबाट बृहत र्याली नकाल्ने  निर्णय भएको  जानकारी कार्यक्रममा दिइएको थियो ।

प्रकाशित मितिः २०७२ साउन १ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: