खुकुरी प्रहार गरी श्रीमतीकाे हत्या


प्रकाशित मिति :2015-07-18 11:22:27

महिला खबर

विराटनगर, साउन २ । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।

उर्लाबारी नगरपालिकाका ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गम्भीर घाइते भएकी डोल्मालाई प्रहरीको टोलीले उपचारका लागि मङ्गलबारेस्थित स्वास्थ्य केन्द्र पठाएको र उनको बाटोमै मृत्यु भएको हो ।

श्रीमती डोल्मालाई उपचारका लागि पठाएलगत्तै केशवले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०७२ साउन २ गते शनिवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: