तिम्रै आँशु पुँछु, आमा तिम्रै छेऊमा रहुँ,
आमाको महिमामा कोरिएका शब्दलाई संगीतमा ढालेर आमाप्रति सम्मान गरिएको भिडियो संचारिका समूह पश्चिमाञ्चलले आयोजना गरेको कार्यक्रममा ५ जना आमाले संयूक्तरुपमा सार्वजनिक गरे । कार्यक्रममा लोक गायिका एंव प्राज्ञ हरीदेवी कोइराला, तमुधिं नेपालका अध्यक्ष कर्म तमु, साहित्यकार सरस्वती प्रतिक्षा, र श्रष्टाकी आमा पुर्ण कुमारी गुरुङ र ठूली आमा नन्द कुमारी गुरुङले संयुक्त रुपमा भिडियो विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा बोल्दै प्राज्ञ हरीदेवी कोइरालाले सन्तानको सच्चा माया नै आमा प्रतिको सम्मान भएको भन्दै यो गीतले आमाको महिमालाई सचित्र उतार्न सफल भएको बताउनुभयो ।
साहित्यकार सरस्वती प्रतिक्षाले सृष्टिकी सर्जक ममतामयी आमाप्रति समर्पित यस गीतले आमा प्रति सच्चा श्रद्धा जगाउन सफल भएको प्रतिक्रिया दिनुभयो । त्यसैगरी तमुधिं नेपालका अध्यक्ष कर्म तमुले गीतको हरेक शब्दले आमाप्रति सच्चा भाव व्यक्त गर्न सफल भएको बताउनुभयो । ।
तिम्रै काखको ओत जस्तो, पाइन संसार चहारी’ जस्ता ओजपूर्ण र हृदयस्पर्शी शब्द रहेको गीती संग्रह आमामा १०८ जना आमालाई भिडियोमा देखाइएको छ ।
कृष्ण कुमार गुरुङको निर्देशनमा बनेको आमा गीतमा जय परियारको संगीत रहेको छ भने स्वर रीमा गुरुङ होडा को छ ।
स्रष्टा सरस्वती गुरुङले आमाको ममता, स्नेह र प्रेरणाले जीवनलाई सार्थक बनाउन सफल भएको भन्दै आमाको अनुहारमा देखिने खुशीले आफूलाई सँधै आनन्दित तुल्याउने गरेको बताउनुभयो । ‘यो गीत सम्पूर्ण आमा प्रति समर्पित छ, आमा सबैकालागि उत्तिकै प्यारो, सम्मानित नाम हो । आमा प्रतिको सच्चा सम्मानमा कुनै पनि सन्तानले कञ्जुस्याँइ गर्न हुँदैन, उहाँले भन्नुभयो ।
Comment Here!