पार्टीभित्रका राजा झनै खतरनाक


प्रकाशित मिति :2015-07-19 13:55:55

महिला खबर

ललितपुर, साउन ३ । राजनीतिक दलका महिलाले निर्वाचन आयोगमा दल दर्ता गर्दा एक तिहाइ महिला सहभागिता नभएमा दर्ता गर्न नपाउने प्रावधान नयाँ बन्ने संविधानमा राख्नु पर्ने माग गरेका छन् ।

प्रत्येक राजनीतिक दलको संरचनामा न्यूनतम एक तिहाइ महिलाको सहभागिता सुनिश्चित नगरेका दललाई मान्यता दिन नहुँने व्यवस्था संविधानमै लेख्नुपर्ने माग अगाडी सारेका छन् ।

अन्तर पार्टी महिला सञ्जालले २४० वटा निर्वाचन क्षेत्रमा प्रत्येक राजनीतिक दलको संरचनामा न्यूनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित हुनुपर्ने माग सुझाव संकलनका लागि निर्वाचन क्षेत्रमा पुगेका सभासद मार्फत संविधानसभामा पठाउने अभियाननै चलाएको अध्यक्ष शशी श्रेष्ठले जानकारी दिनुभयो । लैङ्गिक मैत्री संविधान बनाउँन सञ्जालले ४७ बुँदे माग राख्दै आएको छ ।

IMG_1353
यसैगरी एमाओवादी नेता हिसिला यमीले देशबाट राजा त फाल्यौ, तर पार्टी भित्रका राजा फाल्न नसक्दा महिला अधिकार कटौती गरेर प्रारम्भिक मस्यौदा आएको प्रतिक्रिया दिनुभयो । पार्टीभित्र रहेका राजा झनै खतरनाक भएको उहाँको दावी छ ।
यमीले महिला खबर डटकमलाई प्रतिक्रिया दिँदै भन्नुभयो ‘सबैभन्दा ठूलो हिंसा राजनीतिमा भएको छ, त्यसका लागि सबै पार्टीभित्रका महिलाले एउटा ठूलो संघर्ष गर्नैपर्छ ।’ राजनीतिक पार्टीमा ५० प्रतिशत महिला सहभागी नुहँदासम्म राज्यमा ३३ प्रतिशत पुग्न नसक्ने उहाँको तर्क छ ।
कांग्रेस सभासद् कुन्ती शाहीले राजीनितक दलभित्र महिला र पुरुषबीच ठूलो विभेदभैरहेको बताउँनुभयो । उहाँले प्रश्न गर्दै भन्नुभयो‘के हामी पार्टीभित्रको हिंसाबाट मुक्त छौ ?’
संघिय समाजवादी फोरमका केन्द्रीय सदस्य शुशिला श्रेष्ठले पार्टीहरूले महिलालाई भोट बैंकका रुपमा प्रयोग गर्दै आएको प्रति अपत्ति जनाउँदै भन्नुभयो, ‘एक तिहाइ महिला नभएको दल दर्ता गर्न नपाउने प्रवाधान संविधानमा सुनिश्ति गर्नुपर्छ, होइन भने महिलाको समान सहभागिता हुनै सक्दैन ।’
समानता र महिला हिंसा अन्त्यका लागि वंश, अंश एवं राजनीतिक अधिकार सबैभन्दा महत्वपूर्ण भएकाले अधिकार प्राप्तका लागि महिला सडक र सदनमा एक भएर लड्नु पर्ने बेला भएको उनीहरूले बताए ।

प्रकाशित मिति २०७२ साउन ३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: