राजनीतिक अधिकार सुनिश्चित गर्न माग


प्रकाशित मिति :2015-07-19 15:19:43

महिला खबर

नेपालगन्ज,साउन ३ । महिलामैत्री संविधानका लागि बाँकेका महिलाले संविधानको मस्यौदामाथि छलफल गरी सभासद्लाई सुझाव दिएका छन् । उनीहरूले जिल्लास्थित राजनीतिक दलका नेता र सभासद्लाईसँगै राखेर महिलामैत्री संविधान बनाउन सुझाव दिएका हुन् ।

प्रारम्भिक मस्यौदाले महिला, अपाङ्गता, मुक्तकमैया, जेष्ठ नागरिक, युवाका सवाललाई सम्वोधन गर्न नसकेको सम्वद्ध सरोकारवालाहरूले गुनासो गरेका छन् । उनीहरूले मस्यौदा अधुरो रहेको भन्दै प्राप्त सुझावलाई समेटेर त्यसलाई पूर्णता दिन सभासद्हरूको ध्यानाकर्षण गराएका छन् ।

Sambidhanma Mahila

सभासदसँग बाँकेका महिला

अन्तरपार्टी महिला सञ्जाल बाँकेको समन्वयमा भएको कार्यक्रममा सभासद्हरू गौरा प्रसाई, साविया प्रविण अन्सारी, देवराज भार, दलबहादुर सुनार, वादशाह कुर्मी, गौरा प्रसाई, मैकुलाल बालमिकी, अञ्जना चौधरी, सर्वतारा खातुन लगायतको सहभागिता रहेको थियो ।

सुझाव सङ्कलन कार्यक्रममा आएका सुझावलाई सम्वोधनका लागि पहल गर्ने सभासद्हरूले वताएका थिए । खासगरी राजनीतिमा महिला सहभागिता सुनिश्चितताको कुरा संविधानमै आउनु पर्ने सुझाव दिएको अन्तरपार्टी महिला सञ्जाल बाँकेकी सचिव विजया धितालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २०७२ साउन ३ गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

म सिर्फ भीर भीर खोजिरहेछु

-उषा शेरचन- कहाली लाग्दो साँझमा झमझम मृत्युको नशा ब्रान्डी .......! ह्विस्की ....!! रम..................!!! स्लो-प्वाइजन ...!!!!

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: