विदेशी कमाईमा राज गर्नेको चाला


प्रकाशित मिति :2015-07-20 11:57:47

महिला खबर

नेपालगन्ज, साउन ४ । बैदेशिक रोजगारबाट फर्केका महिला आफूमाथि हुने दुर्व्यवहार र विभेद हटाउन संगठित भएर लाग्न थालेका छन् ।

बैदेशिक रोजगारमा गएर फर्केका महिलाको आत्मसम्मान बढाउँदै उनीहरूलाई परिवार र समाजमा पुनःस्थापित गर्ने उद्देश्यले मानव बेचविखनविरुद्धको परियोजना मार्फत् भेटघाट गर्ने र परामर्श दिएपछि अहिले विभेद हटाउन महिला आफै संगठित भएर लागेका छन् ।

साथी संस्था नेपालगन्जको पहल तथा जिल्ला मानव बेचविखनविरुद्धको समिति बाँकेको समन्वयमा बाँकेमा मानव बेचविखनविरुद्धको परियोजना सञ्चालन भएको छ । परियोजना संयोजक कमला पन्तले भन्नुभयो–‘हाम्रो उद्देश्य बैदेशिक रोजगारमा गएर फर्केका महिलालाई सम्मानजनक रुपले समाजमा घुलमिल गराउँदै विभेदरहित समाज बनाउने नै हो ।’

उहाँले बैदेशिक रोजगारमा गएर फर्केका महिला तथा किशोरीलाई गाउँ समाज तथा आफन्तले गर्ने व्यवहार र उनीहरूमाथि लागाईने लाञ्छना तथा विभेदविरुद्ध लडन् कानूनी व्यवस्थावारे जानकारी गराउँदै आएको बताउनुभयो । ‘पहिला त महिला नै आफ्नो समस्या भन्न् रुचाउँदैनथे तर, अहिले निर्धक्क आफ्नो समस्या भन्ने मात्र नभएर कसैले होच्यायो वा अपहेलना गर्ने उद्देश्यले केही भनेमा तत्काल प्रतिकार गर्दै न्यायको लागि सम्बन्धित निकायसम्म पुग्ने गरेका छन्’ उहाँले भन्नुभयो ।

मानव बेचविखनविरुद्धको समिति नौबस्ता गाविसका संयोजक समेत रहनुभएकी कल्पना थापाले समिति गठन भएको एक वर्षको अवधिमा विद्यालयस्तरीय सचेतना कार्यक्रम सञ्चालन गरेका कारण पनि बोलीचालीमा तथा व्यवहारमा परिवर्तन आएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘ बैदेशिक रोजगारबाट फर्केका महिला आफैमा संगठित हुँदै समस्या मेरो हो भनेर खुम्चनु भन्दा पनि हाम्रो हो भन्दै विभेद गर्ने तथा बचन लगाउने माथि जाईलाग्ने हो भने समस्या आफै हराउने रहेछ ।’

अहिले वैदेशिक रोजगारमा गएर फर्केका महिलाको आत्मसम्मान बढाउन राजनीतिक दलका स्थानीय प्रतिनिधिले समेत साथ दिएका छन् । बाँके नौबस्ताका नेकपा माओवादी प्रतिनिधि तथा गाविसस्तरीय मानब बेचविखनविरुद्धको समितिका सदस्य अमरसिंह परियारले बैदेशिक रोजगारबाट महिलाले कमाई गरेको सम्पत्तिमा राज गर्ने तर, तिनै महिलालाई अपहेलना गर्ने श्रीमानलाई अब आईन्दा कुनै लाञ्छना लगाउँदिन भन्ने लिखित कागज गराएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘श्रीमतीले ४ वर्ष कुवेतमा बसेर कमाएको पैसाले ४ कोठाको पक्की घर बनाएका ती श्रीमानले दिनहुँ पत्नीमाथि विभिन्न खालको अत्याचार र विभेद गरेको जानकारी पाउने वित्तिकै हामीले नै उनीहरूबीच अव कुनै अत्याचार नगर्ने भनी कागज बनाएका छौँ ।’

एमालेका प्रतिनिधि कालीबहादुर खड्काले पहिलेको तुलनामा बैदेशिक रोजगारमा गएका महिलामाथि हुने विभेद तथा लान्छना विस्तारै कम हुँदै गएको बताउनुभयो । उहाँले गाविसमा मानव बेचविखनविरुद्धको समिति गठन भएपछि साथै स्थानीय पारालिगल तथा महिला समूहको कारण पनि यस्ता घटनाहरू हराउँदै गएको दावी गर्नुभयो ।

प्रकाशित मितिः २०७२ असार ४ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: