महिला खबर
कास्की, साउन ४ । भावी संविधानमा आमा वा बाबु मध्ये एक नेपाली नागरिक भए निजका सन्तानले स्वतः वंशजको आधारमा नेपाली नागरिकता पाउने व्यवस्था संविधानमा लेख्न पोखरामा आयोजित कार्यक्रमका सहभागीले माग गरेका छन् ।
महिला कानुन विकास मञ्चद्वारा मस्यौदा संविधानमा नागरिकता सम्बन्धि राय संकलनका लागि नागरिक सभा कार्यक्रममा बोल्ने सहभागीले नागरिकतामा महिला पुरुषबीच विभेद नगर्न आग्रह गरे । मस्यौदामा नागरिकता प्राप्तिका बखत आमा वा बाबु दुबै नेपाली नागरिक रहेछन् भने वंशजका आधारमा नेपालको नागरिकता प्रदान गरिने छ भन्ने प्रावधानलाई सच्याउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सांस्कृतिक तथा भौगोलिक सीमाहरूलाई देखाउँदै संस्कृतिको नाममा दिइएको पुरुष केन्द्रित परम्परागत अभ्यासले संविधानमा निरन्तरता पाएकोमा सहभागी महिलाले सच्याउन माग गरे ।
प्रकाशित मितिः २०७२ साउन ४ गते सोमवार
Comment Here!