महिला खबर
काठमाडौं, साउन ४ । संविधान मस्यौदामा नागरिकको सुझाव संकलन गर्ने पहिलो दिन आज महिलाको उत्साहकजनक उपस्थिति छ । उनीहरू विभेदरहित र महिला मैत्री संविधान बनाउन सुझाव दिइरहेका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना कार्यक्रमका सहभागीहरू ।
प्रधानमन्त्री सुशील कोईरालालाई संविधानको मस्यौदामा महिलाका विषयमा सुझाव दिँदै एमाले बाँकेकी नेता विजया धिताल । उहाँ संविधानसभा निर्वाचनमा सुशील कोईरालासँगै उम्मेदवार बन्नुभएको थियो ।
संविधानको मस्यौदामा सुझाव संकलन गर्न प्रधानमन्त्री सुशील कोईराला नेपालगन्जमा ।
नागरिकतामा अामा वा बाबु हुनुपर्ने भन्दै भक्तपुरमा महिलाकाे हस्ताक्षर अभियान ।
बुटवलमा संविधानको मस्यौदामाथि सुझाव संकलन कार्यक्रममा सहभागी महिला ।
संविधानको मस्यौदामाथि सुझाव दिँदै बुटवलकी राधिका श्रेष्ठ ।
नागरिकताकाे हकमा अामा र बाबु हाेइन , अामा वा बुबा काे प्रावधान हुनुपर्ने माग गर्दै भक्तपुरकी एक महिला
सुनसरीको इनरुवामा आयोजित सुझाव संकलन कार्यक्रममा अाफ्नाे भनाइ राख्दै सहभागी महिला
संविधानसभा सदस्यहरू २४० वटै निर्वाचन क्षेत्रमा संविधानकाे मस्याैदामाथि जनताको सुझाव लिन पुगेका छन् । संविधानको पहिलो मस्यौदामाथि नागरिककाे सुझाव लिने कार्यक्रम आज र भोलिका लागि ताेकिएकाे छ ।
प्रकाशित मितिः २०७२ असार ४ साेमवार
Comment Here!