महिला खवर
भक्तपुर, साउन ४ । संविधानको मस्यौदामा नागरिकको सुझाव संकलनका लागि भक्तपुरमा आयोजित कार्यक्रममा एक पुरुषले गर्भवती महिलालाई सुत्केरी हुनुअघि ४ महिना र भएपछि ४ महिना तलवसहित विदा दिने व्यवस्था संविधानमा गर्न माग गरेका छन् । भक्तपुरको कमल विनायकमा नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको कार्यक्रममा बोल्ने पुरुषले महिला र बच्चाको स्वास्थ्य अवस्थालाई ध्यान दिदै तलवसहित महिलालाई ८ महिना सुत्केरििवदाको व्यवस्था हुनपर्ने माग गरेका हुन् ।
सहभागीले खचाखच भरिएको हलमा निकै हल्ला भएकाले उनको नाम प्रष्ट सुन्न सकिएन ।
यसैगरि संविधानमा सुझाव दिन आएका अधिकांश महिलाले नागरिकतामा छोरा र छोरीले जन्माएका सन्तानबीचको विभेद हटाउनुपर्ने, प्रत्येक राजनीतिक दलको केन्द्रदेखि स्थानीय तहसम्म रहेका संरचनामा ५० प्रतिशत महिला सहभागिता नभए दल दर्ता गर्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्ने माग गरे । कार्यक्रममा दलित महिलालाई राज्यका हरेक निकायमा ५ प्रतिशत सहभागिता गराउनुपर्ने सुझाव दिए ।
स्थानीय निकायमा ५० प्रतिशत, प्रदेशमा ४० र केन्द्रमा ३३ प्रतिशत महिलाको परिणाम मै सुनिश्चित गर्ने व्यवस्था संविधानमा राख्नुपर्ने सवे महिलाको सुझाव थियो । कार्यक्रममा ड्यास माओवादी निकट महिलाले संविधानमा सुझाव दिए अनि कार्यक्रमस्थल मै संविधानको मस्यौदा च्यातेर बाहिरिएका थिए ।
प्रकाशित मितिः २०७२ साउन ४ गते सोमवार
Comment Here!