महिला खबर
नेपालगन्ज, साउन ५ । नयाँ संविधानमा नागरिकता सम्बन्धी प्रावधानलाई सुधार गर्न माग गर्दै बाँकेमा हस्ताक्षर संकलन गरिएको छ ।
आमा ‘र’ बाबु नेपाल नागरिक रहेछ भने त्यस्तो व्यक्ति मात्र वंशजका आधारमा नागरिकताको हकदार बन्ने प्रारम्भिक मस्यौदालाई सुधार गर्दै आमा ‘वा’ बाबु भन्ने शब्द राख्न माग गर्दै हस्ताक्षर गरिएको हो ।
नागरिकता सम्बन्धी प्रावधानलाई सुधार गर्न हस्ताक्षर गर्दै सभासद् भोला सिद्दीकी र दिनेशचन्द्र यादव ।
एफडब्लु एलडीले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा हस्ताक्षर संकलन गरेको अधिवक्ता बलबहादुर चन्दले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्रमा सुझाव संकलन गर्न सोमवार र मंगलवार आयोजित कार्यक्रममा सहभागि सर्वसाधारण नागरिक र सभासदहरूले समेत नयाँ संविधानमा नागरिकता सम्बन्धी प्रावधानलाई सुधार गर्न हस्ताक्षर गरेका छन् ।
नागरिकता सम्बन्धी प्रावधानलाई सुधार गर्ने हस्ताक्षर अभियानमा अाफ्नाे मत दिदै एक महिला ।
सोमवार बाँके क्षेत्र नं ४ मा नयाँ संविधानको मस्यौदामा सुझाव संकलनका लागि पुग्नु भएका प्रधानमन्त्री सुशील कोईरालालाई पुनरावेदन अदालतको आदेशपछि आमाको नामबाट नागरिकता पाउनु भएकी बाँके बागेश्वरी गाविसकी वर्षा शर्माले वंशजका आधारमा नागरिकताको हकदार बन्ने प्रारम्भिक मस्यौदालाई सुधार गर्दै आमा ‘वा’ बाबु भन्ने शब्द राखिनु पर्ने सुझाव दिनु भएको थियो ।
शर्मा हस्ताक्षर संकलन अभियानमा संलग्न हुनु भएको छ ।
प्रकाशित मिति २०७२ साउन ५ गते मंगलवार
Comment Here!