आफ्नो शरीर र प्रजननमाथि आफ्नो नियन्त्रण खोज्दै महिला


प्रकाशित मिति :2015-07-21 11:50:27

महिला खबर

pokhara
कास्की, साउन ५ । संविधानको प्रारम्भिक मस्यौदामाथि कास्कीका महिलाले महिलामैत्री संविधान निर्माणका लागि  सुझाव दिएका छन् । संविधानसभा अन्तर्गतको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको पूर्वनिर्धारित कार्यक्रम अनुसार कास्कीमा महिला अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाले राय तथा सुझाव पेश गरेका हुन् । कास्कीबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासदको उपस्थितिमा संचालित सुझाव संकलन कार्यक्रममा महिलाले आ—आफ्नो सुझाव  गरेका हुन् ।

५१ प्रतिशत जनसंख्या ओगटेका महिलाप्रति प्रस्तावित मस्यौदामा धेरै विभेदपूर्ण प्रावधानहरू रहेकोले संशोधन गर्न उनीहरूले सुझाव दिएका छन् ।

pokhara22

सुझावमा महिला र पुरुषको स्वतन्त्र नागरिक अस्तित्वलाई स्विकार गर्दै आमा वा बाबु नेपाली भएमा सन्तानले निर्वाधरूपमा नेपाली वंशजको नागरिकता पाउने प्रावधान राख्नुपर्ने , संविधानका हरेक धारा अविभेदको सिद्धान्तका आधारमा लेखिनुपर्ने, मानवअधिकारको अवधारणा अनुरुप महिलाको आफ्नो शरीर र प्रजननमाथि आफ्नो नियन्त्रणमा हुनुपर्दछ भन्ने मान्यता संविधानतः सुनिश्चित गर्नुपर्ने सुझाव दिए । त्यसैगरी अंगीकृत नागरिकता सम्बन्धी व्यवस्थामा नेपाली महिला र पुरुषलाई समान प्रावधान राख्न सुझाएका छन् ।

प्रतिनिधि सभा राष्ट्रिय सभा दुबैमा कम्तीमा ३३  प्रतिशत महिलाको सहभागिता परिणाम मै सुनिश्चित गर्नुपर्ने, संघीय सरकारमा कमतिमा ३३ प्रतिशत तथा प्रादेशिक सरकारमा कम्तीमा ४० प्रतिशत र स्थानिय सरकारमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिनुपर्ने   भाषा लैङ्गिक संवेदनशील र तटस्थ बनाउनुपर्ने  सुझाव उनीहरूको थियो ।

प्रकाशित मितिः २०७२ साउन ५ गते मङ्गलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: