महिला खबर
धरान, साउन ५ । महिला उद्यमीलाई संगठित गर्ने उद्देश्यले धरानमा महिला उद्यमी प्रवद्र्धन तदर्थ समिति गठन गरिएको छ । सुनसरी उद्योग वाणीज्य संघ धरान अन्तर्गत रहने गरी सो समिति गठन गरिएको हो ।
सन्ध्या श्रेष्ठको संयोजकत्वमा गठित समितिमा १२ जना उद्यमी महिला रहेका छन् । समितिमा सहसंयोजक शान्ता अधिकारी सदस्यहरुमा अम्वीका आर्चाय, कमला लिम्बू, आशा पालिखे, पुष्पा श्रेष्ठ, जयन्ति लिम्बू , वीनाकुमारी राई, सुमित्रा गुरुङ, विन्दा श्रेष्ठ, सबिता राई , रेखा कार्की र सर्मिष्टा श्रेष्ठ रहनुभएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष सरोज श्रेष्ठ, महासचिब विजय श्रेष्ठ र कार्यकारिणी सदस्य उपेन्द्र चाम्लिङको उपस्थितीमा समिति गठन गरिएको थियो ।
उद्यमी महिला संगठित वनाई उनीहरूसँग भएका सीप तथा अनुभवहरू एकआपसमा साटासाट गरी व्यापार व्यावसाय संचालनमा सहज वातावरण वनाउनलाई समिति गठन गरिएको अध्यक्ष सरोज श्रेष्ठले वताउनुभयो ।
प्रकाशित मितिः २०७१ साउन ५ गते मङ्गलवार
Comment Here!