संविधान ढुङ्गामा लेखिने होईन : प्रदिप ज्ञवाली


प्रकाशित मिति :2015-07-21 12:54:53

नुनुता राई

काठमाडौं, साउन ५ । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले समयमा संविधान जारी नभए देशमा ठुलो समस्या आउने बताउनुभएकाे  छ । मस्यौदा संविधान र आर्थिक, साम्प्रदायिक तथा सांस्कृतिक अधिकार विषयक छलफलमा बोल्दै सचिव ज्ञवालीले अहिले नसमेटिएका विषयलाई पछि संसोधन गर्न मिल्ने भएकाले विवाद ननिकाल्न सुझाव दिनुभएकाे  हाे ।

संविधान ढुङ्गामा नलेखिएको तर्क दिँदै उहाँले पाएका उपलब्धि पनि गुम्ने भएकाले उपलब्धि संस्थागत गर्न समयमा संविधान जारी गर्न आवश्यक रहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले प्रस्तावित मस्यौदा संविधानले दलित महिलाका मुद्दालाई नसमेटेको बताउदै उहाँले भन्नुभयाे ‘राज्यले दलितलाई माया पनि गर्दैन, दलितसँग डराउदा पनि डराउन्न त्यसैले दलितका मुद्दा समेटेन ।’

अब बन्ने संविधान मानव अधिकार प्रद्धत्त हुनुपर्नेमा गैरसरकारी संस्था महासंघकी अध्यक्ष शर्मिला कार्कीले जोड दिनुभयो । हामी पहिला नागरिक त्यसपछि मात्र महिला हौं त्यसैले हामी आफ्नो स्वतन्त्र पहिचान र सार्वभौम मुलुक चाहन्छौं कार्कीको तर्क थियो । महिलाको स्वतन्त्र अस्तित्वका लागि आमाको नामबाट नागरिकता दिने अधिकार सुनिश्चित हुनुपर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

Pradip_Gyanwali
उक्त कार्यक्रममा खाद्य अधिकारको लागि राष्ट्रिय संजाल नेपालले ४९ वटा बुँदामा सुझाव सहितको संसोधन तयार गरेको प्रस्तावमाथि छलफल भएको थियो । जसमा सम्मानपुर्वक बाच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, आम सञ्चारको हक, न्याय सम्बन्धि हक, श्रमको हक, खाद्य सम्बन्धि हक, महिलाको हक, स्वास्थ्य सम्बन्धी हक लगायतका रहेका छन् । स्वतन्त्र र स्वाभिमानी भएर बाँच्नको संविधानले  कुनै रोक लगाउन नहुने कार्यक्रममा उपस्थित सहभागीको तर्क थियो ।

प्रस्तावित बुँदाको न्याय सम्बन्धि हकबारे स्पष्ट पार्दै मानव अधिकारकर्मी चरण प्रसाईले  नयाँ बन्ने संविधान प्रतिगामी भएको बताउनुभएको छ । उहाँले भन्नुभयो महिला र बालबालिकाको हकमा यो मस्यौदा संविधान एकदमै संकुचित छ । मानव अधिकारकर्मी सुवोधराज प्याकुरेलले संविधानले महिलाका अधिकारलाई समेट्न नसकेको बताउनु भयो । घरयासी कामको आर्थिक मुल्याङ्कन गरिने छ भनेर समेट्दैमा महिलाका अधिकार सुनिश्चित नहुने उहाँको तर्क थियो ।
खाद्य अधिकारको लागि राष्ट्रिय संजाल नेपाल र मानव अधिकार पत्रकार संघको आयोजनामा भएको छलफलमा विभिन्न वक्ताले आ आफ्नो सुझाव दिएका थिए ।

प्रकाशित मितिः २०७२ साउन ५ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: