संविधानको मस्यौदामा यस्तो छ महिलाको सुझाव


प्रकाशित मिति :2015-07-21 17:25:33

महिला खबर

sujhabकाठमाडौं, साउन ५। महिलाले अशं र वशंको अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने सुझाव सवै भन्दा बढी उठाएका छन्। संविधानमा सुझाव दिदै काठमाडौका महिलाले अंश र वंशको अधिकार पछि बलात्कारी र भ्रष्टाचारीलाई फँसीको सजाय हुनुपर्ने सुझाव दिए।

काठमाडौंको क्षेत्र नं १ अन्तर्गत थापागाउँस्थित सुझाव सङ्कलन केन्द्रमा आज भेला भएका महिलाले पैतृक सम्पत्तिमा समान हक, आमा वा बाबुको नामबाट सन्ततिले नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने व्यवस्था, हुनुपर्ने माग गरे। यसैगरी भ्रष्टाचारी र बलात्कारीलाई कडा सजायको व्यवस्था कायम गर्न नागरिकका तर्फबाट सुझाव दिए ।

su 22

राज्यको नीतिनिर्माण तहमा महिलाको पहुँच वृद्धि गर्ने व्यवस्था मिलाउन, व्यवस्थापिका–संसदमा महिलाको प्रतिनिधित्व बढाउन आरक्षणको व्यवस्था मिलाउनुपर्ने सहभागी महिलाको सुझाव थियो।

यसैगरि काठमाडौं क्षेत्र १० स्थित सतुङ्गलमा आयोजित कार्यक्रममा सहभागी महिलाले महिला हिंसा, बलात्कारी तथा भ्रष्टाचारी प्रमाणित भएकालाई मृत्युदण्डको सजाय दिनुपर्ने माग गरे । काठमाडौँ क्षेत्र नं २ को बत्तीसपुतलीमा आयोजना गरेको सुझाव सङ्कलन कार्यक्रममा सहभागी महिलाले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एक महिला हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिए।

sunsari

काठमाडौँ निर्वाचन क्षेत्र नंम्बर ३ र ४ का सर्वसाधारणले महिलालाई शिक्षामा पहुँचको सुनिश्चित गरिनुपर्ने, महिलामाथि हिंसा गर्नेलाई कडा कार्वाहीको व्यवस्था हुनपर्ने सुझाव दिएका थिए। यस कार्यक्रममा सभासद् गीता रानाले महिला अधिकारका साथै शिक्षा, स्वास्थ्यजस्ता आधारभूत विषय संविधानमा समेटिएकाले आफूलाई लागेका कुरा निर्धक्कसँग अभिव्यक्त गर्न आग्रह गर्नुभएको थियो।

Sujha

यसैगरि बनेपामा आयोजित सुझाव संकलन गर्न आयोजित कार्यक्रममा सहमागी अधिकांशले बालिका बलात्कार गर्ने दोषीलाई फाँसीको सजाय हुनुपर्ने  माग गरेका छन्।

पनौती नगरपालिकाकी इन्दिरा भोजुँले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने माग गर्दै महिलाका लागि महिलालाई नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरी संवैधानिक व्यवस्था गर्नुभयो । काभ्रे कुशादेवी गाविसका जेएन सापकोटा र महिला अधिकारकर्मी जीवना वादेले बलात्कारीलाई दण्ड दिने प्रावधान मृत्युदण्ड नै हुनुपर्ने जिकिर गर्नुभयो ।

प्रकाशित मितिः २०७२ साउन ५ गते मङ्गलवार

याे पनि हेर्नुहाेस

बलात्कारी र मानव तस्करलाई फाँसी दिन माग

आफ्नो शरीर र प्रजननमाथि आफ्नो नियन्त्रण खोज्दै महिला 

नागरिकता सम्वन्धी प्रावधानलाई सुधार गर्न हस्ताक्षर अभियान 

पुरुषले मागे सुत्केरी विदा

सुझाव संकलनमा महिला सहभागिता (फाेटाे फीचर )

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: