निर्वाचन प्रणालीबाट एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग


प्रकाशित मिति :2015-07-22 10:18:47

कविता श्रेष्ठ
काठमाडौं, साउन  ६। अब बन्ने संविधानमा प्रतिनिधि सभामा निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट न्युनतम एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न एक कार्यक्रमका बक्ताले माग गरेका छन् । उनीहरूले राज्यसंयन्त्रका सबै निकायमा महिला प्रतिनिधित्व बढाउन आवश्यक रहेकोमा जोड दिए।

मेरो नेपालको आयोजनामा मंगलबार काठमाडौँमा भएको “प्रारम्भिक मस्यौदामा निर्वाचन तथा प्रतिनिधित्व” विषयक छलफल कार्यक्रमका बक्ताले उक्त कुरा बोलेका हुन्।

हिम्स राइट्सका अध्यक्ष अन्जना शाक्यले मुख्य पदमा सँधै पुरुष र सहायक पदमा सँधै महिला रहने स्थितिको अन्त्य संविधानबाटै हुनुपर्ने बताउनुभयो। एकाउन्न प्रतिशत महिलाको सवाललाई गौण विषयको रुपमा लिनु र सम्बोधन नहुनुको कारण पितृसत्तात्मक सोच भएको उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रका प्रमुख पदहरूमा लैंगिक समानता कायम गर्नआवश्यक छ अनिमात्र महिलाको पहुँच स्थापित गर्न सकिन्छ ।’ यो मस्यौदाले महिलाको राजनीतिक, सामाजिक¸अर्थिक र आमाको नामबाट नागरिकता पाउने अधिकार कुण्ठित गरेकोमा आक्रोश ब्यक्त गर्नुभयो ।

तराई मधेश समाजका देबेश झाले अन्तरिम संविधान २०६३ ले महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेपनि कटौती गरेको भन्दै यी व्यवस्था पुनः थप गर्न माग गर्नुभयो । उहाँले आमाको प्रजनन् स्वास्थ्यको अधिकार सुनिश्चित गर्दै नीति निर्माण तहमा महिलाको एक तिहाई प्रतिनिधित्व गराउन जोड दिनुभयो ।

प्रकाशित मितिः २०७२ साउन ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: