कानुन बनाउने समय तोकिनुपर्छ : न्यायाधीश


प्रकाशित मिति :2015-07-22 10:53:27

महिला खबर
काठमाडाैं,साउन ६ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदिप पाठकले नयाँ संविधानमा मानव बेचबिखन विरुद्धको हकलाई मौलिक हकमा राखिनुपर्ने सुझाव दिनुभएकाे छ । उहाँले संवैधानिक कानुनी प्रावधान फितलो भएकै कारण बेचबिखन जस्तो गम्भीर अपराध हुने गरेको विचार ब्यक्त गर्नु भयो ।

चेलीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जालले काठमाडौंमा आयोजना गरेको प्रारम्भिक संविधान मस्यौदामा चेलीबेटी बेचबिखन तथा ओसारपसारविरुद्ध समावेश गरिनुपर्ने प्रावधान विषयक छलफल कार्यक्रममा पाठकले संविधानमा कानुन बनाउने कुरा लेखिन्छ,तर त्यो लामो समयसम्म कानुनको रुप लिंदैन त्यसैले कानुन बनाउने समय पनि तोकिनु पर्ने बताउनुभयो ।

DSCF1378
ललितपुरका जिल्ला न्यायाधीश टेकनारायण कुँवरले नयाँ बन्ने संविधानमा पीडितलाई कानुन बमोजिम राज्यद्वारा क्षतिपूर्ति र सामाजिक पुनर्स्थापना गर्ने व्यवस्था राख्न सुझाव दिनुभयो ।  उहाँले भन्नुभयो ‘कानून बनाउनु ठुलो होइन, कानुन कार्यन्वयन गर्नु र अपराधीलाई कानुनी कठघरामा ल्याई कडा सजाय दिनु ठूलो कुरा हो।’
कार्यक्रममा माइती नेपालका कानुनी अधिकृत उषा तामाङ , चेलीबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जालका सल्लाहकार भारती सिलवाल, संस्थापक अध्यक्ष दुर्गा घिमिरे, अध्यक्ष उषा पोखरेललगायतले बोल्नुभएको थियो ।

प्रकाशित मितिः २०७२ साउन ६ बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: