‘बाँको र बन पिँडालु खान्थेँ ’


प्रकाशित मिति :2015-07-22 13:25:14

दीपेन्द्र रोकाया

230011_1044686364920_5226_n - Copyम चार पाँच वर्षको थिएँ । आमा सँधै मलाई घरमा एक्लै छोडेर काममा जानुहुन्थ्यो । म सँधै उहाँको बाटो कुरेर बस्थेँ । साँझ कामबाट फर्किदाँ उहाँले बाँको र बन पिँडालु ल्याउनुहुन्थ्यो ।

आमा घर आएपछि हत्तपत्त म उहाँले बोकेर ल्याएको कुम्लो खोल्ने गर्दथेँ । वन पिँडालु काँचै खान मिल्ने भएकाले मैले सवैभन्दा पहिला आमाले ल्याएको यहि कुम्लो झम्टन्थेँ । मेरो साहिँलो दाई पनि मेरो देखासिखी गर्नुहुुन्थ्यो । हाम्रो वालसुलभ र पेटभरी खान दिन नसक्दाको पीडाले होला, आमा गालामा हात राखेर हामीलाई एकहोरो ट्वाल्ल परेर हेरिरनुहुन्थ्यो । उहाँको अनुहारमा देखिने त्यो ग्लानी अहिलेपनि मलाई याद छ । तरपनि, त्यतिनै बेला भने उहाँले हामीलाई केहीपनि भन्नुहुन्थेन ।

जब साँझ बुवा र अरु दाजुहरू आउँनुहुथ्यो, त्यसपछि भोकको प्रसँग जोड्दै आमाले एकादेशको कथा सुनाउँनुहुन्थ्यो । कसैका बाआमाले ढुङ्गा पकाएर छाडेको, यो पाकेपछि खानु भनी बच्चाहरूलाई छाडेर गएको कथा उहाँ सुनाउनुहुन्थ्यो । ‘त्यस्तै अवस्था आईसकेको छ बाबै !’, आमा भन्नुहुन्थ्यो ।

त्यो कथाको आशय बच्चाहरू ढुङ्गा पाकेपछि खाउँला भन्ने आशले केही दिनसम्म बाँचेको तर कहिल्यै नपाकेपछि न खान पाए, न बा–आमा फर्केर आए, त्यसले गर्दा उनीहरू मरेछन् भन्ने थियो । त्यतिबेला हाम्रो गाउँमा अधिकांशको दिउँसोको अर्नी (खाजा) ओखरको पीना हुन्थ्यो । कतिले त त्यही पनि खान पाउँदैनथे ।

आमाले त्यतिवेला हामीलाई सुनाउँनुभएको कथाको अवस्था ती ठाउँमा अझै पनि उस्तै छ भन्ने पुिष्ट ती ठाउँमा भोकमरीका कारण भईरहेका घटनाहरूको समाचारले गर्दछन् । अहिले म कल्पना गर्दछु कि, यदि म महिला भएको भए र त्यसखाले अवस्थामा घरको व्यवस्थापन गर्नुपरेको भए कसरी मिलाउँथे हुँला ? म आफैमा हैरान पर्ने गर्छु ।

1

नेपालको राष्ट्रिय तथ्याङ्कले २०६९/७० मा प्रतिव्यक्ति सरदर वार्षिक उपलब्ध खाद्यान्न ३२५ केजी, दालबाली १३.२९ केजी, फलफूल ३१.३ केजी, तरकारी १०७ केजी, आलु ७४.९ केजी रहेको देखाएको थियो । त्यस्तै प्रतिव्यक्ति माछा २.१ केजी, दूध ६१.९ लिटर, मासु ११ केजी र अण्डा ३०.८ गोटा उपलब्धता रहेको उल्लेख गरेको थियो ।

राष्ट्रिय तथ्याङ्कमा यो स्थिति देखाएपनि पश्चिम नेपाल, त्यसमा पहाडी क्षेत्रको खाद्य सुरक्षामा सरदर यही स्थिति रहेको देखिँदैन । किनकि यस क्षेत्रमा सँधै खाद्यन्न अभाव हुने गरेको पाइन्छ । उत्पादन बढाउन पहल हुँदैन, बरु नुन चामलको राजनीति बरोबर भईरहन्छ । यसैले सुदुर र मध्यपश्चिमका गाउँहरू भोकमरीका समाचार बनिरहेका छन् । एक त पहाडी भाग, त्यसमा त्यहाँका सक्रिय श्रममा भाग लिने युवा पुस्ता गाउँमा नहुनाले पनि यो स्थिति आएको हो ।

खाद्यान्न अभाव हुँदा सबभन्दा पीडित महिला वर्ग हुनुपरेको तथ्यहरूले देखाएका छन् । घरमा कमाउने पुरुष वा महिला जो पनि हुन सक्छ, तर, प्रत्येक सदस्यको गाँसको हिसाव गर्ने काम प्रायः महिलाले नै गर्नुपरेको हुन्छ । फारोतिनो गर्ने सन्दर्भ होस् वा परिस्थितिलाई सहज बनाउने कार्य महिलाबाटैै सम्भव हुने गर्दछ । यसो त पश्चिम पहाडका जङ्गलमा बस्ने राउटे समुदायमा पनि खानपानको व्यवस्थापन महिलाले नै गर्ने गरेको पाइन्छ । यसबाट नेपालको सन्दर्भमा सहजै अनुमान गर्न सकिन्छ कि खाद्य सुरक्षाको खास अवस्था सबभन्दा राम्ररी महिलाले बुझेका हुन्छन् ।

2

यो विषय मानव विकास सुचकांकमा परिलक्षित हुने र अन्तर्राष्ट्रिय रुपमै महत्व दिइएको सहस्राब्दी विकास लक्ष्यहरूमा खाद्य तथा पोषण सुरक्षाको अवस्था प्रतिबिम्बित हुने सुचकहरू तय गरिएको पाइन्छ । विश्व खाद्य सम्मेलन १९९६ ले खाद्य सुरक्षालाई परिभाषित गरेअनुसार प्रत्येक व्यक्तिको स्वास्थ्य र सक्रिय जीवनयापनका लागि आफ्नो आवश्यकता र चाहना अनुरुप सँधै पर्याप्त, स्वच्छ र पोषणयुक्त खानामाथिको भौतिक र आर्थिक पहुँच भएको अवस्था खाद्य सुरक्षा हो । { 1 राष्ट्रिय योजना आयोग, तेहैं योजना २०७०/२०७३’ (काठमाडौः सोपान मासिक डिल्लप्बजार, वि.सं. २०७१), पृष्ठ १०६  }

कृषि प्रधान देशमा राष्ट्रिय उत्पादनले अपुग भएको अवस्था देखिनु र बाहिरी मुलुकबाट खाद्यान्न आपुर्ति गर्नुपर्ने अवस्था रहनुले समग्रमा देशमा नै खाद्य असुरक्षा देखा पर्दछ ।

यसमा पश्चिम नेपालका पहाडी क्षेत्र भोकमरीग्रस्त इलाकाको रुपमा देखा परिरहने गर्दछन् । यस अवस्थामा प्रत्येक महिलाले सम्हाल्नु पर्ने चुलोमा आफ्नो पेटभरी पुगोस्न/पुगोस्, घर परिवार र बेला मौकामा आउने पाहुनाको सेवा सत्कार गर्नुपरिरहेको छ । यस्तो स्थितिमा पश्चिमी पडाहमा सन्तुलित खाना भन्ने कुरा कल्पनामात्रका विषयवस्तु हुन गएको छ । तर, यहाँको हावापानी तथा अर्गानिक खानाको आडले मान्छे कुपोषणले ग्रस्त भएपनि प्रकृतिसँग नियमित संघर्ष गरिरहन सक्ने भएका हुन् । यसैले उनीहरूको पिलन्धरे जीउ तथा चाउरी परेको अनुहार हुन्छ ।

१८ वर्षको अवधिमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या घटेको देखाइएता पनि शहर र गाउँ तथा विकट भौगोलिक क्षेत्र एवं समुदायबीचको भिन्नता निकै ठुलो छ । बढ्दो जनसंख्यालाई खाद्यान्न उपलब्ध गराउन कुपोषणबाट पीडित जनतालाई मुक्त गर्न तथा गरिबीका रेखामुनी रहेका जनताको आवश्यकता पुर्ति गर्नका लागि खाद्य सुरक्षाको अवधारणा आएको हो ।
विश्व खाद्य सम्मेलनमा १८१ देशका नेता तथा ४१ अन्तर्राष्ट्रियस्तरका संस्थाले सन् २०१५ सम्ममा भोकमरीको समस्यालाई ५० प्रतिशतका दरले घटाउने प्रतिज्ञा गरेका थिए ।

4

अर्को एक कृषि अध्ययनमा के पाइएको छ भने मानिसले खाद्यान्न आपुर्तिको आधा भाग धान, मकै, गहुँ र आलुबाट प्राप्त गर्दछ भने अरु १४ किसिमका जनावरमा भर पर्नुपरेको छ ।

यसो त विपन्न ग्रामीण महिलाका लागि वैकल्पिक अवसर सृजना गर्ने गरी सञ्चालित महिला विकास कार्यक्रम २०६९/७० को अन्तसम्ममा देशका पचहत्तरै जिल्लाका ३ हजार ५ सय ३६ गाउँ विकास समितिमा विस्तार भईसकेको थियो । यस कार्यक्रमको प्रगति प्रतिवेदनलाई आधार मान्ने हो भने कार्यक्रम अवधीमा देशभरका सात लाख ८१ हजार लक्षित महिलाको सहभागिता रहेको थियो । तर त्यसको व्यवहारिक रुपमा कार्यान्वयन नहुँदा यहाँ प्रशस्त मात्रामा असमानताहरू रहेका छन् । यसको मुल जरो पेटभरी पुग्ने खाना खान नपाउँनुले गर्दा समाजमा असमानता परम्परा बनेर चलिरहेकै छ ।  {2 गोपाल शिवाकोटी, ‘राजनीतिक शब्दकोश’ (काठमाडौः पैरवी प्रकाशन, विसं २०६७), पृष्ठ ३७३ }

3

यसकारण राउटे महिलादेखि घरजम गरिरहेका सबै वर्गका महिलाले पुरुष सरह समान हैसियत कायम गर्ने तहमा पुग्न हरेक क्षेत्रमा नीतिगत सहभागिता अनिवार्य शर्त बन्नुपर्दछ । भू–उपयोग नीतिमा समेत महिला र पुरुषबीच रहेको लैंगिक असमानता मेटाउन आवश्यक छ । खाद्य उपयोगमा सन्तुलन ल्याउन सकेमात्र स्वस्थ नागरिक निर्माणमा उल्लेखनीय भूमिका निभाउन सकिने भएकाले पश्चिम पहाडमा रहेको खाद्य अभावबाट सिर्जना हुन सक्ने अनुमानित अवस्थाबाट सचेत बनी सरोकारवाला पक्षले ध्यान दिनु पर्ने देखिन्छ ।

प्रकाशित मिति २०७२ साउन ६ गते बुधवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: