महिला खबर
भारत,साउन ६ । भारतको आसाम राज्यमा ६३ वर्षीया बृद्धा महिला पुर्नि ओरेङ्घलाई गाउँलेले कथित बोक्सीको आरोपमा घाँटी रेटी हत्या गरेका छन् ।
गाउँलेले ती बृद्धालाई निर्वस्त्र बनाइ गाउँमै हत्या गरेको बीबीसीले जनाएको छ । बोक्सी विद्या प्रयोग गरी बस्तीमा बिरामी फैलाएको भन्दै उनलाई निर्मम ढंगले हत्या गरिएको प्रहरीको भनाई छ । घटनामा संग्लन दुईजना महिला लगायत सात जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
प्रहरीका अनुसार गत ६ वर्ष यता ९० जनालाई बोक्सीको आरोपमा घाँटी रेटी आगो लगाएर हत्या गरिएको थियो । ती मध्ये कसैलाई छुरा प्रहार गरी हत्या गरिएको थियो । आसाममा कथित बोक्सीको आरोपमा मारिने मध्ये धेरैजसो महिला रहेको प्रहरीले जनाएको छ ।
आसामको जनजाती समूदाय र चिया बगानमा काम गर्ने समूदायमा महिलालाई बोक्सी आरोप लगाई हत्या गर्ने प्रचलन व्याप्त रहेको छ ।
अक्टोवरमा भारतीय खेलाडी देबजनि बोरालाई पनि आसाममा बोक्सीको आरोपमा कुटपीट गरिएको थियो । यस्तो घटना हुनुको पछाडि रुढीवादी समाज रहेको विज्ञहरूले बताए पनि धेरै जसो त्यहाँका एकल महिलालाई उनीहरूको जमिन र सम्पतिलाई लक्षित गरी हत्या गर्ने गरेको पाईन्छ ।
श्रोत / बीबीसी
प्रकाशित मिति २०७२ साउन ६ गते बुधवार
Comment Here!