रमला सिंगक
तेह्रथुम, साउन ६ । विषालु च्याउको तरकारी खाँदा तेह्रथुम ओयाक्जुङका एकै परिवारका ६ जना सिकिस्त विरामी भएका छन् ।
विरामी हुनेमा ओयाक्जुङ ९ की ४६ वर्षिया कमला लिम्बू, छोरीहरु ८ वर्षीया विमला, ५ वर्षीया निशा उनको श्रीमान ५३ वर्षीय नारायण र छोराहरू वर्ष १७ का जितेन र १३ वर्षका इन्द्र लिम्बू रहेका छन् ।
उनीहरूले घर नजिकै रहेको जंगलवाट च्याउ ल्याएर सोमवार वेलुकी तरकारी खाएका थिए । च्याउको तरकारी खाए लगतै उनीहरूलाई सबैलाई झाडापखाला र वान्ता भएको थियो ।
छिमेकीले सबैलाई उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याए पनि त्यहाँ उपचार सम्भव नभएपछि धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति २०७२ साउन ६ गते बुधवार
Comment Here!