एकल महिलाको उद्योग


प्रकाशित मिति :2015-07-23 10:08:57

रमला सिंगक

सुनसरी, साउन ७ । महिलालाई रोजगारी दिन एकल महिला समूह सुनसरीले घरेलु उद्योग सुरु गर्ने भएको छ । समुहले यसै साता सम्पन्न गरेको एक महिने उच्चस्तरीय तालिम पछि उद्योग खोल्ने घोषणा गरेको हो ।

समूहले धरान उपमहानगरपालिकाको सहयोगमा २५ जना महिलालाई ३ महिने आधारभुत तालिम र त्यसमध्येवाट उत्कृष्ट १५ जना महिलालाई एक महिने उच्चस्तरीय सिलाई कटाई तालिम दिएको थियो ।

advnc talim mahila (1)

तालिममा सहभागि धरानका महिला

तालिममा कुर्ता सुरुवाल, टप्स, म्याक्सी, सर्ट र पाईजामा सिलाउन सिकाएको थियो । एकल महिला समूहका जिल्ला कार्यक्रम संयोजक सवीता राईले तालिममा सहभागिहरूलाई नै समाबेस गरी उत्पादन सुरु गर्दा खपत हुन् सक्ने भएकाले संस्थागत रुपमै उद्योग खोल्ने पहल शुरु गरिएको बताउनुभयो ।

राईका अनुसार कतिपयले तालिम लिएपनि विभिन्न कारणले अवसर नपाउँदा लिएको सीप खेर जाने गरेको छ । सीप खेर नजाओस् भन्दै संस्थाले घरेलु उद्योग संचालन गर्ने योजना अनुसार पहल सुरु गरिएको हो ।

उहाँले भन्नुभयो ‘महिलाले लगाउने लुगा बाहिरबाट आउने हुँदा महंगो हुन्छ । स्थानीय स्तरमा कपडा उत्पादन गर्ने उद्योग खोलीएको छैन् । चाँडै नै उद्योग सञ्चालनमा ल्याउने तयारीमा छौं ।’

प्रकाशित मिति २०७२ असार ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: