छुटेका महिला मुद्दा संविधानमा समेट्ने सभामुखको आश्वासन


प्रकाशित मिति :2015-07-23 12:36:00

महिला खबर 

काठमाडौं, साउन ७ । महिला अधिकारकर्मीहरूको साझा अभियानले संविधानमै महिलाका हक अधिकार सुनिश्चित गर्नका लागि संविधान सभाका अध्यक्ष सुभासचन्द्र नेम्वाङ्गलाई संविधानको मस्यौदा २०७२ मा सुझाव पत्र हस्तान्तरण गरेको छ ।

पत्र बुझ्दै अध्यक्ष नेम्वाङ्गले सुझावलाई बिस्तृतरुपमा अध्ययन गरी महिला अधिकारका विषयमा छुटेका मुद्धाहरूलाई आफ्नो तर्फबाट संविधानमा समावेस गर्न पहल गर्ने आश्वासन दिनुभयो ।

संविधानमा विभिन्न क्षेत्र र समूदायको स्तर बाट सुझाव संकलन भैरहेका बेला महिला अधिकारकर्मीहरूको साझा अभियानले लिखित रुपमै सुझाव पत्र हस्तान्तरण गरेको हो ।

अभियानले दिएको सुझाव पत्रमा नागरिकता,महिला अधिकार, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, विभिन्न आयोग तथा राज्यका निकायहरू स्थानीय, प्रादेशिक तथा केन्द्रीय तहमा महिलाको सहभागिताका , प्रजनन् स्वास्थ्य सम्बन्धी हक लगायतका सुझाव समेटिएको छ ।

प्रकाशित मिति २०७२ साउन ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: