जोखिमपूर्ण यात्रामा रहेका पाँच सय जना महिलाको उद्धार


प्रकाशित मिति :2015-07-23 13:01:33

महिला खबर

नेपालगन्ज, साउन ७ । जोखिमपूर्ण यात्रामा रहेका पाँच सय जना भन्दा बढि महिलालाई नेपालगन्ज नाकाबाट उद्धार गरिएको छ । मानव वेचविखनविरुद्ध कार्यरत संस्था माइती नेपालले आर्थिक वर्ष २०७१/०७२ मा नेपालका विभिन्न जिल्लाबाट भारत जाँदै गरेका ५ सय ९ जनालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको हो । गत वर्ष ४ सय ४ जनालाई उद्धार गरिएको थियो ।

उद्धारपछि उनीहरूलाई आफन्तको जिम्मा लगाईएको माईती नेपाल नेपालगन्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा सीमा नाकाबाटै ३ सय ६८ जनालाई परामर्श दिई फिर्ता गरिएको छ ।

माइती नेपालको नेपालगन्ज नाकामा रहेको परामर्श केन्द्र

माइती नेपालको नेपालगन्ज नाकामा रहेको परामर्श केन्द्र

गएको १२ महिना यता नेपालगन्ज नाकाबाट ५ सय ३ जनालाई माइती नेपालले मानब बेचबिखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराएको छ ।

गत आर्थिक वर्षमा मात्रै माइती नेपाल नेपालगन्जमा ३ सय ७३ जना महिलाको खोजतलासको लागि निवेदन परेको छ । अघिल्लो आर्थिक वर्षमा ३ सय २८ निवेदन परेको थियो ।

 ३ सय ७३ निवेदन मध्ये ४० जना मात्रै फेला परेको माइती नेपाल नेपालगन्जका संयोजक कोईरालाले बताउनुभयो । माइती नेपाल नेपालगन्जले श्रम र यौन शोषणमा परेका २० जनालाई गत आर्थिक वर्षमा उद्धार गरेको छ ।

यो क्षेत्रमा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूको संख्या बढे पनि मानव बेचबिखनका घटनामा कमी आउन सकेको छैन् ।

प्रकाशित मिति : २०७२ साउन ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: