महिला खबर
सिन्धुपाल्चोक, साउन ७ । गत आर्थिक वर्षमा सिन्धुपाल्चोक जिल्लामा महिलामाथि हुने हिंसा बढेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालयमा दर्ता भएकामध्ये घरेलु तथा लैङि्गक हिंसाका घटना धेरै रहेका छन् । प्रहरी कार्यालयमा आएका २३२ उजुरीमध्ये १२० घरेलु तथा लैङि्गक हिंसाका घटना मुद्दा दर्ता भएका थिए ।
दर्ता भएका नौवटा घटना अदालतमा विचाराधीनमा रहेका छन् भने २६ वटा घटनाको अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरिले बताएको छ ।
त्यसैगरी ८५ वटा घटनाको मुद्दा फर्छ्योट भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारि दिनुभयो । अन्य १२४ घटना अनुसन्धानको प्रक्रियामा रहेका छन् ।
प्रहरीले वर्षभरिमा १३० जनालाई पक्राउ गरेको जानकारी अधिकारीले दिनुभयो । घरेलु हिंसापछि सार्वजनिक अपराधका ३१, ज्यान मार्ने उद्योग १८, जबर्जस्तीकरणी १७ वटा दर्ता भएका थिए भने वर्षभरिमा कर्तव्यज्यानको १० वटा मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७२ साउन ७ गते बिहीवार
Comment Here!