महिला खबर
दोलखा, साउन ७। दोलखाका भूकम्पपीडित गर्भवती र बालबालिकामा कुपोषणकाे समस्या देखिएकाे जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ।
दोलखाका बोच, फस्कु, नाम्दु, खोपाचागु, पवटी, सुनखानी, मैलुङ, दोलखा बजार, जफे, मागापौवा चरिकोट बजारलगायत ठाउँका बालबालिकामा कुपोषणको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले बताउनुभयो।
कार्यालयका अनुसार छ महिनादेखि पाँच वर्षमुनिका बालबालिका र महिलाका गरी झण्डै चारसयमा कुपोषणको समस्या देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयले ती गाविसमा गई बालबालिका र महिलाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुपोषण देखिएको डा सापकोटाले जानकारी दिनुभयो। भूकम्पपछि उचित स्याहार र पोषणयुक्त खाना नपाएपछि बालबालिकामा कुपोषणको समस्या देखिएको उहाँले बताउनुभयो।
अहिले कार्यालयले ती क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरी निःशुल्क उपचार, निःशुल्क पोषणयुक्त खानाको व्यवस्था, सुक्ष्म पोषकतत्व, सुत्केरी स्याहारलगायतका सेवा प्रदान गरिएको कार्यालय प्रमुख डा सापकोटाले जानकारी दिनुभयो।
प्रकाशित मितिः २०७२ साउन ७ गते बिहीवार
Comment Here!