बेच्न लगिएका पाँच जनाकाे उद्धार


तीन महिनामा ६६ जना फर्काइए

प्रकाशित मिति :2015-07-23 19:01:07

निर्मला ठकुराठी
महेन्द्रनगर, साउन ७ । दलालले इराक पठाइदिने भन्दै भारततर्फ लैजाँदै गरेको अवस्थामा कञ्चनपुरको गड्डाचौकी नाकाबाट पाँच जनाको उद्धार गरिएको छ ।
माइती नेपाल कञ्चनपुरले आज बिहान प्रहरीको सहयोगमा काठमाडौंबाट दिल्लीका लागि छुटेको बसबाट चार महिलासहित एक पुरुषको उद्धार गरेको हो ।

सिन्धुपाल्चोकका तीनजना महिला र खोटाङका एक महिला र एकजना पुरुष गरी पाँच जनाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।

उद्धार गरिएका सिन्धुपाल्चोककी ३७ वर्षीया पासाङ ल्हामु तामाङ, ३८ वर्षीया निमा शेर्पा, ३२ वर्षीया सबिता तामाङ हुन् । त्यसैगरी खोटाङ मात्या घर भएकी ४१ वर्षीया उमा राई र उनकी दिदीका छोरा १८ वर्षीया अशोक राइको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अभिनारायण काफ्लेले बताउनुभयो ।

काठमाडौंका बिभिन्न ठाउँमा शिवीरमा बसिरहेका उनीहरूले भारतको हिमाञ्चल प्रदेशमा आफन्त भेट्न जान लागेको बताएका थिए । सोधखोज गर्दा इराक जानलागेको पत्ता लागेपछि उनीहरूलाई रोकेको प्रहरी नायव उपरिक्षक काफ्लेको भनाइ छ । अहिले माइतीनेपाल कञ्चनपुरको संरक्षणमा रहेका उनीहरूलाई परिवारको जिम्मा लगाइने माइती नेपालकी संयोजक भट्टले बताउनुभयो ।

भूकम्पपछि अहिलेसम्म कञ्चनपुरबाट मात्रै भारत तथा तेस्रो मुलुक जानलागेका ६६ जनाको उद्धार गरिएको संयोजक भट्टको भनाइ छ । उनीहरू सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, नुवाकोट, मकवानपुर, र चितवनका थिए । ६६ जना मध्ये १० जनालाई माइती नेपालको संरक्षणमा राखिएको र बाँकीलाई पारिवारको जिम्मा लगाइर्एको संयोजक भट्टले बताउनुभयो ।

प्रकाशित मितिः २०७२ साउन ७ गते बिहीवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: