महिला खबर
पोखरा,साउन ७ । तमु धिं नेपालले स्थापना गरेको भूकम्प प्रभावित पूर्नस्थापना केन्द्रमा ३ महिनाको अवधीमा १४ जना महिला सुत्केरी भएका छन् । भूकम्प प्रभावितहरूलाई अस्थायी आश्रयका लागि सञ्चालित पुर्नस्थापना केन्द्रमा अाश्रित सोमवार राती गोर्खा बारपाककी श्रेया विकले १४ औं शिशु जन्माउनु भएको हो ।
बारपाकका पुर्णबहादुर विक, गर्भवती श्रीमती र दुई नावालक छोरासहित ३ महिना देखि पुर्नस्थापना केन्द्रमा आश्रय लिइरहनुभएको छ ।
श्रेयाले सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पूर्ण स्वस्थ्य छोरी जन्माउनुभएको हो । उहाँलाई पूर्ण सुत्केरी आहार विहारका साथ स्याहारसुसार गरिएको पुनःस्थापना केन्द्रकी स्वयंसेवक राधा गुरुङ्गले जानकारी दिनुभयो ।
यसअघि गोर्खा लाप्राककी पास्ती गुरुङले केन्द्रमा १३ औं बच्चा जन्माउनुभएको थियो भने १ जना गर्भवतीलाई अहिले अस्पताल भर्ना गरिएको छ । हाल सो पुनस्थापना केन्द्रमा ३७ जनाले आश्रय लिएकोमा ६ जना सुत्केरी र २ जना गर्भवती छन् ।
प्रकाशित मितिः २०७२ साउन ७ गते बिहीवार
Comment Here!