विस्थापित हुन बाध्य अन्तरजातीय विवाह गर्ने जोडी


प्रकाशित मिति :2015-07-24 10:32:38

खेमा बस्नेत

धनगढी, साउन ८ । सुँगुरखाल बस्ने कविता बोहोरले लम्की चुहा नगरपालिकाका शिव सुनारसँग अन्तरजातीय प्रेम विवाह गरेपछि उनीहरूले समाजबाट मात्रै नभइ देश नै छोड्नपर्ने अवस्था आयो ।
दुवै जनाको घरपरिवारले प्रेमपछिको विवाहलाई नस्वीकारेपछि २०७१ पुषमा उनीहरूले भागेर विवाह गरे । विवाह लगत्तै गाउँ समाजको व्यवहार र विभेदपछि उनीहरू भारत गए । लम्की–चुहा नगरपालिकाका मनिषा बुढा र दिपेश सुनारबीच अन्तरजातीय विवाह भएको पनि धेरै भएको छैन् । २०७१ माघ ५ गते परिवारको सहमति विनै गरेको विवाहपछि उनीहरू पनि विस्थापित हुनु प-यो ।

सोही ठाउँका नविन शाही र सन्धा नेपाली पनि २०७१ फागुन ७ गते विवाहपछि गाउँ फर्केका छैनन् । त्यसैगरी सरोज सुनार र सोनिया थिङले पनि विवाह गरेकै कारण समाज र आफन्तसँगको सम्बन्ध गुमाए । उनीहरूले २०७१ माघ १८ गते अन्तरजातीय विवाह गरेका थिए । राज्यले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरी सामाजिक विभेद अन्त्य गर्न खोजेपनि सामाजले भने अन्तरजातीय विवाहलाई सजिलै ग्रहण गर्न नसकेको यी उदाहरणले प्रष्ट पार्छ । स्वेच्छाले भएको विवाह पनि समाजको दुव्र्यहारका कारण धरापमा पर्न थालेको छ । आँफूरूले समाजलाई त्याग्नु पर्ने अवस्था आउने कारण पछिसम्म अप्ठ्यारो पर्ने गरेको अन्तरजातीय विवाह गरेका जोडीले अनुभव सुनाए ।

राजीपुरका की सीता (नाम परिवर्तन) वि.कले २०७१ साउनमा चौमला कै गैरदलित केटासँग अन्र्तजातीय विवाह गरेपछि केटाका घरपरिवारले भारत पठाएका र घर आउन नदिएको बताइन् ।‘आमाबुबाले उनलाई घर आउन दिँदैनन्’ सीताले भनिन् ‘अन्तरजातीय विवाह गरेको भन्दै उनीहरूले छोरालाई भारत पठाए ।’ अहिलेसम्म सीतालाई घरपरिवारले स्वीकार गरेका छैनन् ।

संयुक्त दलित सशक्तिकरण समाजका अध्यक्ष रतन सुनारले लम्की चुहा नगरपालिकामा भएका १२ वटा अन्र्तजातीय विवाह मध्ये ३ जोडीलाई मात्र आफन्त र परिवारले स्वीकारेको जानकारी दिनुभयो । बाँकी दम्पती परिवार र समाजको अपहेलित व्यवहारका कारण विस्थापित भएको उहाँले बताउनुभयो । राज्यले अन्तरजातीय विवाहलाई प्रोत्साहन गरेको भएपनि समाजको संकीर्ण सोचका सफल हुन नसकेको उहाँको बुझाई छ । अन्तरजातीय विवाहपछि विस्थापित भएकाहरू आफ्नै गाउँ ठाउँ फर्कन चाहेको अध्यक्ष सुनारले बताउँनुभयो ।

‘विस्थापित जोडीले पटक–पटक फोन गरेर आफ्नै ठाउँमा बस्ने व्यवस्था मिलाई दिन आग्रह गरेका छन्’ अध्यक्ष सुनारले भन्नुभयो ‘उनीहरू सम्मानजनक तवरले समाजमा बस्न चाहन्छन् ।’ उता छोराछोरीले अन्र्तजातीय विवाह गरेकै कारण अभिभावकले समेत मानसिक यातना सहनु परेको उनीहरुका परिवारको गुनासो छ ।

अन्तरजातिय विवाह गरेका लाल बहादुर सार्कीकी आमा जमुना सार्कीले छोराले अन्तरजातीय विवाह गरेपछि आफूहरूले मानसिक यातना सहनु परेको बताउनुभयो । उहाँका छोराले फुलवारीकी निशा चन्दसँग विवाह गरे । अन्तरजातीय विवाह गरी छोरा लाल बहादुर भारत गएपछि चन्दका माइतीले उनका बुबालाई १९ दिनसम्म थुनाएको जमुनाले बताउनुभयो ।‘बुहारीका माइतीले धेरै धम्क्याए’ उहाँलाई छुटाउन ३ लाख रुपैयाँ ऋण प-यो’ जमुनाले भन्नुभयो ।

२०७१ कात्तिक १० गते भागेर विवाह गरेका निशा चन्द र लाल बहादुर सार्की अहिले भारत मै छन् । उनीहरू गाउँमा बस्न सहज नभएकाले उतै बसेको आमा जमुना बताउनुहुन्छ । नेपाल सरकारले २०६४ सालमा नेपाललाई छुवाछुत मुक्त घोषणा गरेको थियो । साथै अन्तरजातीय विवाह गर्नेलाई ५० हजार रुपैयाँ सहयोगको पनि घोषणा गरेको छ ।

प्रकाशित मितिः २०७२ साउन ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: