‘पूर्ण प्रेस स्वतन्त्रता’ राख्न पहल गर्छौः सभासद


सूचना आयोेग र प्रेस काउन्सिललाई संवैधानिक बनाउनुपर्ने सुझाव

प्रकाशित मिति :2015-07-24 11:33:57

नुनुता राई

काठमाडौं साउन ८ । संविधानको मस्यौदामा पुर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने कुरामा अधिकांश सभासद सहमत भएका छन् । नेपाल पत्रकार महासंघले सभासद मार्फत संविधानको मस्यौदामा सुझाव दिन आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी सभासदले पुर्ण रुपमा स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र संस्थागत गर्नसक्ने धारणा राखे । यद्यपी सञ्चारमाध्यम जनताप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्ने सभासदहरूको सुझाव थियो ।

अन्तरक्रियामा बोल्दै एमाले नेता भरतमोहन अधिकारीले पत्रकारको आफ्नै आचारसंहिता पनि हुने भएकाले पे्रसमाथि संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखेर आचारसंहिताले उत्तरदायी बनाउन सकिने जिकिर गर्नुभयो ।

नेपाली कांग्रेसका सभासद चन्द्र महर्जनले संविधानमा धेरै कुरा सुधार्नुपर्ने बताउँदै पूर्ण प्रेस स्वतन्त्रता राख्नका लागि आफूले पहल गर्ने वचन दिनुभयो ।

एनेकपा माओवादी सभासद नारायण बिडारीले प्रेस र न्यायालय स्वतन्त्र हुनुपर्ने बताउनुभयो । तर, स्वतन्त्रताका नाममा स्वच्छन्द हुन नहुन उहाँको तर्क थियो ।

एमाले सभासद अग्नि खरेलले प्रस्तावनामा पूर्ण नराख्दा केही फरक नपर्ने तर धारामा हुने व्यवस्थाले भने फरक पार्न सक्ने हुनाले यसमा स्पष्ट हुन महासंघलाई सुझाउनुभयो ।

नेपाल पत्रकार महासंघले २३ वटा टिप्पणीसहित संविधानमा १० बँुदे सुझाव दिएको छ । महासंघले नेपालको अन्तरिम संविधान २०६३ को प्रस्तावनामा ‘पुर्ण प्रेस स्वतन्त्रता’ संविधानको लक्ष्यको रुपमा रहेकोमा अहिलेको मस्यौदामा ‘पुर्ण’ हटाई ‘प्रेस स्वतन्त्रता’ मात्र उल्लेख हुनुले संविधानले अपेक्षा गरेको प्रेस स्वतन्त्रताको लक्ष्य नै अपुर्ण हुन जाने जनाएको छ ।

‘पुर्ण प्रेस स्वतन्त्रता’ बाट पुर्ण शब्द हटाउँदा यसलाई संकुचित गरिएको अर्थ लाग्ने महासंघको तर्क छ

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष डा.महेन्द्र बिष्टले सुचना आयोेग र नेपाल प्रेस काउन्सिललाई संवैधानिक बनाउनुपर्ने सुझाव दिनुभयो । संविधानमा अभिब्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकलाई सुनिश्चत गर्न माग गर्दै अध्यक्ष बिष्टले लोकतन्त्रलाई संस्थागत गर्ने समयमा संचारलाई कुण्ठित गर्न नहुने बताउनु भयो ।

प्रकाशित मिति २०७२ साउन ८ शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: