बन्दले गरिखान पाएनौंः नागरिक


हामीलाई पढ्न देऊः बिद्यार्थी

प्रकाशित मिति :2015-07-24 15:40:40

महिला खबर
ललितपुर, साउन ८ । बन्द सँधैका लागि बन्द गर्न सर्वसाधारणले आग्रह गरेका छन् । बन्द कसले र केका लागि गरेको भन्ने थाहा नभएका सर्वसाधारणले बन्दप्रति आपत्ती जनाउँदै बन्दको बिकल्प खाज्न आग्रह गरेका हुन ।
नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव देशभरी परेको छ । संविधानको मस्यौदा अनि भारत र चीनबीच भएको लिपुलेक सम्झौताविरुद्ध गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि काठमाडौंलगायत देशभरिको जनजीवन प्रभावित भएको छ ।

band
यातायातका साधन नचल्दा सर्वसाधारणले गन्तब्यमा पुग्न घण्टौ हिँड्नु परिरहेको छ । महाराजगञ्जबाट जाउलाखेल जान लागेकी गङ्गा भण्डारीले भनिन, ‘बन्दले दु:ख पाईयो हिँड्नु परिरहेको छ, ‘हामीलाई त कसले बन्द गरेको हो र किन गरेको हो त्यो पनि थाहा छैन ।’ बन्दकर्तालाई बन्द नगरिदिन उनले आग्रह गरिन् ।
बन्दले गर्दा व्यापार व्यवसाय गरेर जिवन चलाइरहेका महिला पनि मारमा परेका छन् । ललितपुरको कुपण्डोलमा खाजा पसल चलाइरहेकी बिष्णु कुमारी न्यौपानले पसल खोलेर बसेपनि ग्राहक कोही नआएको बताइन् । ‘बनाएको खानेकुरा पनि खेर जाने भयो’, उनको चिन्ता छ । उनले भनिन, ‘बन्द हड्ताल बिना नै संबिधान बनोस ।’

पाटन अस्पतालकी कर्मचारी माया घलाल भन्छिन्, ‘बन्द गर्ने नेता नै त होलान नी । जैले पनि बन्द गर्छन्, काम गरेर खाने मान्छेलाई दुःख दिन्छन् ।’कक्ष ९ मा पढ्ने अनिता मगरले आफुहरूको पढाइ बिग्रीरहेको भन्दै बन्द नगरी दिन आग्रह गरेकी छन । भूकम्पले गर्दा धेरै पढाई बिग्रिएको भन्दै उनले भनिन् ‘पहिले भूकम्पले पढ्न पाएनौं अब बन्दले ।’

प्रकाशित मिति २०७२ साउन ८ गते शुक्रवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

बाजुरामा जोखिममा आमाहरू

-नन्दाकुमारी थापा- उमेर नपुगी गर्भवती, असुरक्षित सुत्केरी, भ्रूण पहिचान गरेर गर्भपतन अनि सडकमा समेत बच्चा जन्माउनुपर्ने

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रवन्ध

म कोरोनाकालकी सुत्केरी

-हेमलता जि.सी (कुँवर)- कोरोना भाइरस संक्रमण समयमा गर्भवती महिलासँगै गर्भमा रहेको बच्चालाई पनि संक्रमण हुने हो

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: