संविधान लेखक आफैलाई पढ्न मन नलाग्ने किताब जस्तो नबनोस् : प्रधान न्यायाधीश


प्रकाशित मिति :2015-07-24 15:53:57

कमला पन्थी

काठमाडौं, साउन ८ । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले संविधान लेखक आफैलाई पढ्न मन नलाग्ने किताब जस्तो बन्न नहुने बताउनु छ ।
संविधान लेख्ने व्यक्तिहरूलाई पढ्न मन नलाग्ने संविधानले अन्य समूदायलाई सम्बोधन गर्न नसक्ने उहाँको तर्क थियो ।
संविधान रणनीति दस्तावेज होईन भन्दै न्यायाधीश श्रेष्ठले दिर्घकालिन र सबैको मुद्दा समेटिने खालको संविधान बन्नु पर्ने बताउनु भएको छ । जनताको स्वाभिमान रक्षा गर्दै, कानुनी राज्यको संस्थागत विकास गर्नको लागि पनि संविधानको खाका प्रष्ट हुनु पर्ने न्यायाधीश श्रेष्ठको तर्क थियो ।
देशको न्यायापालिकाले देशको पद्धतिको संरक्षण गर्दछ । मौलिक हकलाई संरक्षण गर्ने खालको संविधान आएन भने जनताको अधिकार सुनिश्चित हुँदैन् र प्रजातन्त्र पनि टिक्न सक्दैन् । न्यायाधीश सुशिला कार्कीले अन्तरिम संविधानलाई टुक्राएर राखिएको बताउनु भएको छ ।
धेरै अधिकार देखाउने होडबाजीमा संविधान टुक्रिएको उहाँले बताउनुभयो । नागरिकतामा समान अधिकार हुनुका साथै प्रजनन् अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गर्नु पर्ने कार्कीले बताउनु भएको छ ।

20150717_171529
त्यस्तै वरिष्ट अधिवक्ता तथा नेपाल बार एसोशिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले कुनै पनि नागरिकलाई राज्य विहिनताको अवस्था हुने अवस्था आउन नहुने बताउनु भएको छ ।
त्यस्तै संविधानमा अपमानजनक शब्द हुनु नहुने र विभेद हुने खालको हुन नहुने बताउनु भएको छ । हरेक नागरिकले सहज रूपमा आफ्नो अधिकार पाउने अवस्था भएमात्र संविधानको औचित्य हुने उहाँले बताउनुभयो ।

अधिवक्ता गोबिन्द बन्दिले मौलिक हकमा आर्थिक, सामाजिक, सांस्कृतिक लगाएतका धेरै हकहरू थपिएको भएपनि नागरिक तथा राजनीतिक अधिकारमा बञ्चित गरिएको बताउनुभयो । त्यस्तै सञ्चारमाध्यममाथि पनि हस्तक्षेप गर्न खोजिएको र
धेरै वर्गको अधिकार सुनिश्चित गर्न खोज्दा पछि परेको वर्गलाई समेट्न नसक्ने उहाँको आरोप थियो ।

‘नागरिकता सम्बन्धि हकलाई स्पष्ट रूपमा उल्लेख गरिएको बन्दिले बताउनुभयो ।  एउटा आमाले आफ्ना सन्तानलाई नागरिकता दिन नसक्ने अवस्था रहन्छ भने प्रजनन् अधिकार पनि खोसिएको छ यसले गर्दा संविधानको व्यवस्था प्रतिगामी भएको प्रष्ट हुन्छ’, बन्दिले बताउनुभयो ।

प्रकाशित मिति :२०७२ साउन ८ गते शुक्रवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: