मानव बेचबिखनविरुद्ध नेपालगन्ज नाकामा थप सतर्कता


प्रकाशित मिति :2015-07-26 12:00:56

महिला खबर
नेपालगन्ज, साउन १० । भूकम्पपछि मानव तस्करले नेपालगन्ज नाकालाई प्रयोग गर्न सक्ने भन्दै प्रहरी प्रशासनले उच्च सजकता अपनाएको छ ।

खासगरी भूकम्प प्रभावित महिला तथा बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर आफन्तबाटै बेचविखन हुने खतरा देखिएकोले बाँकेमा सतर्कता अपनाईएको बाँकेका प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले नेपालगन्ज नाकामा माइती नेपाल, साथी संस्था लगायतका विभिन्न संघ–संस्थाहरुसँगको समन्वयमा जोखिमपूर्ण यात्रामा रहेका महिलालाई रोक्ने गरेको छ । भूकम्पपछि रोजगारको लागि विदेशीने महिलाको संख्या बढ्दो रहेको पाईएको प्रहरी उपरीक्षक पन्तले बताउनु भयो ।

नेपालगन्ज नाकालाई पछिल्लो पटक मानव दलाले प्रयोग गर्ने गरेको भन्दै मानव बेचबिखनविरुद्ध क्रियाशिल संघ–संस्थाहरूले समेत थप सतर्कता अपनाउन थालेका छन् । बेचबिखनको उच्च जोखिममा रहेका बाँकेको ग्रामिण क्षेत्रमा मानव बेचबिखन विरुद्ध युवा परिचालन अभियान गरिएको महिला तथा बालबालिका कार्यालय बाँकेकी फोकल पर्सन बिन्दु कुँवरले जानकारी दिनु भयो ।

साथी संस्थाको संयोजनमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको जिल्लास्तरी समितिको बैठक गरी थप योजनावद्ध रुपमा क्रियाकलाप अगाडि बढाउन संघ संस्थाहरूले निर्णय समेत गरेका छन् । समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले सबै संघ,संस्थाको समन्वयमा मानव बेचबिखन विरुद्ध बाँकेमा थप सक्रियता र सतर्कता अपनाईएको बताउनु भयो ।

प्रकाशित मिति २०७२ साउन १० गते  अाईतवार 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: