‘घरेलु हिंसाको उजुरी पाँच गुणाले वृद्धि’


प्रकाशित मिति :2015-07-26 13:46:57

धनु राई

ओखलढुङ्गा, साउन १० । नेपाल प्रहरीमा घरेलु हिंसा सम्बन्धि उजुरीको संख्या गत आर्थिक वर्षमा ह्वात्तै बढेको देखिएको छ ।  आर्थिक वर्ष ०७०/७१ मा भन्दा ०७१/७२ मा पाँच गुणाले उजुरी बढेको महिला तथा बालबालिका सेवा निर्देशनालय प्रमुख एवम् प्रहरी नायब महानिरिक्षक मिङमार लामाले बताउनुभयो ।

भूकम्पपछि महिला तथा बालबालिकाको अवस्था बुझ्न शनिवार  ओखलढुङ्गा सदरमुकाम आईपुग्नुभएका डिआईजी लामाले अघिल्लो वर्ष एक हजार आठ सय घरेलु हिंसाको उजुरी परेकोमा यसवर्ष आठ हजार छ सय पुगेको बताउनुभयो ।

‘यो अपराध बढेको होइन । उजुरीमात्र बढेको हो ।’ लामाले भन्नुभयो, ‘यसको पछाडी मान्छेहरू आफ्नो पीडा निडर बनेर प्रहरीकहाँ उजुरी दिन सक्ने चेतना बढेको हो ।’ मध्यपश्चिम र पूर्वको तुलनामा सुदुरपश्चिममा महिलाको आत्महत्या गर्ने दर पाँच गुणाले बढी भएको लामाले बताउनुभयो ।

यसको पछाडी घरेलु हिंसा जस्ता घटना बढी भएको उहाँको दाबी छ । अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले महिला र बालबालिका सम्बन्धि कतिपय घटनाहरू प्रहरीसम्म आई नपुगी मिल्ने गरेको बताए ।

प्रहरीले सजिलोसँग उजुरी दर्ता नगर्नु,  राजनीतिक पहुँच र दबाबको कारण घटना प्रहरीसम्म आउन नसकेको उनीहरूको भनाइ थियो । डिआईजी लामाले आगामी दिनमा प्रहरीलाई थप दक्ष बनाउँदै यस्ता समस्या समाधान गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति: २०७२ साउन १० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: