सृजना अर्याल
चितवन,साउन १० । प्रभात महिला बचत तथा ऋण सहकारीले आपना सेयर सदस्यहरूका बालिकालाई महिनावरी सम्बन्धी स्वच्छता र व्यवस्थापन तालिम दिएको छ ।
चितवन भरतपुरमा भएको तालिममा सहकारी पुर्व अध्यक्ष शान्ता अधिकारीले महिनावरी व्यस्थापन गर्न नसक्दा धेरै महिलाले समस्या झेल्ने परेको बताउनु भयो ।
तालिममा महिनावरी हुने समय, घरेलु प्याडको प्रयोग , प्याड लाई प्रयोग गर्दा अपनाउनु पर्ने सावधानि लगायतका विषयमा जानकारी दिएको थियो ।
कार्यक्रमका सहजकर्ता नेवाका गणेश तिमेल्सनाले किशोरीहरूले महिनावरीका समयमा धेरै ख्याल गर्नुपर्ने भन्दै महिनावरीका बेला लापर्वाहिकाकारण पाठेघरको समस्या, योन रोग लगायतका विभिन्न रोग लाग्ने बताउनु भयो ।
तालिममा सहभागि लीटरपलावर कक्षा ९ मा अध्यनरत प्रतिक्षा भण्डारीले महिनावरीको बेला सरसफाई गर्ने विषयमा धेरै जानकारी पाएको भन्दै खुशि व्यक्त गरिन ।
तालिममा ३७ जना बालिकाहरू सहभागी थिए । तालिमका लागि नेपाल स्वास्थ्यका लागि पानी नामक संस्थाको सहयोग गरेको थियो ।
प्रकाशित मिति २०७२ साउन १० गते आईतवार
Comment Here!