गरिबीले महिला हिंसा बढि हुन्छ : बुढाऐर


प्रकाशित मिति :2015-07-26 15:28:40

निर्मला ठकुराठी

महेन्द्रनगर, साउन १० । गरिबीकाकारण महिला हिंसा बढि हुने गरेको कञ्चनपुर महिला बिकास अधिकृत अनिता बुढाऐरले बताउनुभएको छ । महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको लैङिग्क हिंसा न्युनिकरण सम्बन्धीे छलफल कार्यक्रममा बोल्दै उहाँले महिलाको आर्थिक अवस्थामाथि उठाउन सके हिंसामा कमी ल्याउन सकिने बताउनु भएको हो ।

महिलामाथि हुने हिंसामा कमी ल्याउन सचेतना जगाउनुका साथै उनीहरूलाई आयमूलक कार्यमा संलग्न गराउनु पर्ने उहाँले बताउनुभयो ।
महिला हिंसाको मुख्यकारण रक्सी सेवन भएको प्रहरी नायव उपरिक्षक अभिनारायण काफ्लेले बताउनुभयो ।

उहाँले जिल्ला प्रहरी कार्यालयमा महिला हिंसा सम्बन्धी आउने घटनामा श्रीमान् श्रीमतीको झगडा, सासुले बुहारीलाई गर्ने ब्यबहार, परिवारका अन्य सदस्यले महिलामाथि गर्ने व्यवहार तथा कूरीति, घरपरिवार बीचको झगडा र आरोप प्रत्यारोप जस्ता रहेको बताउनु भएको छ । घरेलु हिंसा सम्बन्धी कानुन स्पष्ट नहुँदा काम गर्न नसकिएको उहाँको भनाईछ ।

कार्यक्रममा बोल्दै अधिबक्ता पुनम चन्दले महिला हिंसाका लागि छुट्टै कानुनको व्यवस्था नहुँदा महिला सम्बन्धी हरेक घटना घरेलु हिंसा ऐन र नियमावली अनुसार भइरहेको बताउनुभयो ।

कानुनमा व्यवस्था भएको सजाय पनि अदालतबाट कार्यान्वयन नहुँदा हिंसा प्रभावित महिला झनै पीडित बनेको उहाँको तर्कछ ।
कञ्चनपुरका इन्सेक प्रतिनिधि कोमल निरन्जन भाटले पितृ सत्तात्मक सोच, आर्थिक अवस्था, रक्सी खाने, असमान शक्ति सन्तुलन लगायतका कारणले महिला माथि हिंसा भइरहेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ साउन १० गते आईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: