संचारकर्मी गोलेको उपचारका लागि आर्थिक अभाव


प्रकाशित मिति :2015-07-26 15:32:01

महिला खबर
पोखरा, साउन १०। नशा र हाडको समस्याका कारण काठमाडाैंको बि एण्ड बि अस्पतालमा उपचार गराईरहेकी सञ्चारिका समूह पश्चिमाञ्चलका सदस्य तथा सञ्चारकर्मी प्रविना गोलेलाई आर्थिक सहयोग गर्न संचारिका समूह पश्चिमाञ्चललेे अपिल गरेको छ।

गण्डकी सञ्चार गृहमा सात वर्षदेखि रेडियोमा गर्दै आएकी गोले पछिल्लो समय स्वास्थ्यका कारणले क्रियाशील हुन सकेकी थिइनन्। चार महिनादेखि उपचार गरेपनि उनको रोग पत्ता लागेको छैन।

prabinnaa

‘सुरुमा उनको मुटु सुन्निएको थियो। त्यसपछि खुट्टा टेक्न नमिल्ने भयो। नसाको उपचारका लागि न्युरो अस्पताल लगियो’, गोलेका श्रीमान सुदिप लामाले भने। अस्पतालले हड्डीको समस्या देखाएपछि अहिले काठमाडौंको बि.एण्ड.बि मा उपचार भइरेहको छ। तर अझैपनि रोग भन्ने पत्ता नलागेको डाक्टरले बताएका छन्।
‘थप उपचारकालागि आर्थिक अभाव छ’ लामाले भने ‘५ लाख रुपैयाँ सकिँदा समेत रोग पत्ता लागेको छैन। गोलेका परिवारले आर्थिक सहयोगका लागि सबैलाई आव्हान समेत गरेका छन्। उपचारपछि संचार क्षेत्रमै क्रियाशील रहने चाहना व्यक्त गरेकी गोलेको उपचारका लागि संचारिका समूह पश्चिमाञ्चलकी अध्यक्ष बसन्ती बाँस्तोलाले ५ हजार रुपैयाँ सहयोग गरेकी छिन्। बाँस्तोलाले गोलेको उपचारका लागि आर्थिक सहयोग गर्न  सवैलाई अपिल गरेकी छन्।

प्रकाशित मितिः २०७२ साउन १० गते अाईतवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: