एक महिनामा १५ जना महिला बलात्कार


सञ्चार अनुगमन

प्रकाशित मिति :2015-07-27 11:49:18

महिला खबर 

काठमाडौं,साउन ११ । सञ्चारिका समूह नेपालले गरेको एक महिने सञ्चार अनुगमनमा १५ जना किशोरी तथा महिलाको बलात्कार भएको देखाएको छ ।
समूहले असार १ देखि ३१सम्म १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले यस्तो देखाएको हो । अनुगमन अवधिमा बलात्कार सम्बन्धी ५५ वटा समाचार सामग्री प्रकाशित भएको समूहका कोषाध्यक्ष बिमला तुम्खेवाले जारी गरेको विज्ञप्तीमा जनाईएको छ ।

अनुगमनमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाण्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरू समेटिएका विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएकोछ ‘बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्यमा छापिएका समाचारको अनुगमन गरिएको हो ।’

असार महिनामा हत्याका १२ वटा घटना भएका थिए र हत्यासम्बन्धी ५१ वटा समाचार सामग्री प्रकाशित भएका थिए । बोक्सी आरोपका ३ वटा घटना थिए र १२ वटा समाचार सामग्री प्रकाशित भएका थिए । यौन दुव्र्यवहारका ४ वटा घटना भएका थिए र ३३ वटा समाचार सामग्री प्रकाशित भएको तुम्खेवाले जारी गरेको विज्ञाप्तीमा जनाईएको छ ।

घरेलु हिंसाका १ वटा घटना र ८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । दाईजोका ७ वटा समाचार सामग्री प्रकाशित भएका थिए । आर्थिक अधिकारसँग सम्बन्धित ३१ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको समूहले जनाएको छ ।

मानव बेचबिखनसम्बन्धी ९६ र राजनितिक अधिकार हननसम्बन्धी ७६ समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धी १ वटा घटना सार्वजनिक भएको थियो र २५ वटा समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकारहनन्का ५९ वटा समाचार सामग्री प्रकाशित भए ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढि समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा ५६ समाचार छापिएका थिए । सबैभन्दा बढी समाचार (८० वटा) दोस्रा पृष्ठमा छापिएको विज्ञप्तीमा उल्लेखछ ।
अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (३७), पीडक उल्लेख नभएका (१९), छिमेकी (९),र अन्य (३४) भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ७, फोटो समाचार ९, लेख ६८, सफ्ट न्यूज ८८ तथा हार्ड न्यूज ३४३ प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज ५३, सफ्ट न्यूज ४० र २६ वटा लेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो ।

सञ्चारमाध्यमले महिला हिंसासम्बन्धी समाचारलाई प्राथमिकतामा राखेको पाइएको छ । तर, यस्ता समाचारको ‘फलोअप’ भने कम प्रकाशित हुने गरेको पाइन्छ । यो महिना मात्र यौन दुव्र्यवहारका २ वटा घटनामा ‘फलोअप’ समाचार प्रकाशित भएको देखिन्छ । ‘हार्ड न्यूज’ मा फोटोको प्रयोग कम (५३) पाइएको छ र समाचार साम्रगीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै स्पष्ट नीतिको अभाव नै देखिन्छ । जस्तो कि यस महिना पीडितका २० वटा तस्बिर छापिएकोमा पीडकको १२ वटा मात्रै तस्बिर छापिएको समूहले जनाएको छ ।
प्रकाशित मिति २०७२ साउन ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: