बाँकेमा बलात्कारका घटना दोब्बर


प्रकाशित मिति :2015-07-27 12:05:09

महिला खबर
नेपालगन्ज, साउन ११ । बाँके कोहलपुर क्षेत्रमा पछिल्लो समय जबर्जस्ती करणीका घटना बढ्दो क्रममा रहेका छन् । पछिल्लो तीन वर्षको अवस्था हेर्दा अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दोब्बरले जबर्जस्ती करणीका घटना भएका छन् ।

विगतमा जबर्जस्ती करणीलाई गाउँमै मिलाउने, प्रहरी कहाँसम्म नआउने अवस्था थियो । तर, अहिले करणीका घटना प्रहरी कहाँ सहज रुपमै आउन थालेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक टिका बहादुर केसीले बताउनुभयो ।

पछिल्लो तीन वर्षको तुलनामा गत आर्थिक वर्ष २०७१/०७२ मा अघिल्लो आर्थिक वर्ष २०७०/०७१ को भन्दा झण्डै दोब्बरले जबर्जस्तीका घटना घटेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो वर्षमा जबर्जस्ती करणीका १९ ओटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष १० ओटा त्यस्ता खालका मुद्धा आएका थिए । आर्थिक वर्ष २०६९/०७० मा भने ११ ओटा जबरजस्तीकरणीका मुद्दा प्रहरी कहाँ दर्ता भएका थियो ।

विभिन्न घटनाका हिसाबले जिल्लाकै संवेदनशिल मानिने कोहलपुर क्षेत्रबाट गत वर्ष मात्र प्रहरी कार्यालयमा २ सय ७८ ओटा मुद्धा परेका छन् । अघिल्लो वर्षमा २ सय ४१ र २०६९/०७० मा २ सय २८ ओटा विभिन्न प्रकृतिका मुद्दाहरू आएका थिए । जबर्जस्ती करणी उद्योग तर्फ गत आवमा ५, अघिल्लो आवमा ५ र आव २०६९/०७० मा १ ओटा मुद्दा परेका छन् ।
लागु औषध तर्फ गत वर्षमा १६ ओटा मुद्दा परेको प्रहरी नायव उपरीक्षक केसीले बताउनु भयो । उहाँका अनुसार अघिल्लो आवमा ८ र आव २०६९/०७० मा २ ओटा मुद्दा परेका छन् ।

प्रकाशित मिति २०७२ साउन ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: