बालविवाह विरुद्ध विद्यार्थी अभियान


नेपालमा ५२ प्रतिशत भन्दा बढि बालविवाह

प्रकाशित मिति :2015-07-27 12:39:12

महिला खबर 

काठमाडौं,साउन ११ । बालविवाह एवम दाइजो अन्त्यका लागि विद्यार्थीले देशभरका शिक्षण संस्थामा सचेतना अभियान सुरु गरेका छन् ।

बालविवाह एवं दाइजो कुप्रथा अन्त्यमा यूवाहरूको भुमिका अति महत्वपूर्ण र निर्णायक हुने तथ्यलाई मध्यनजर गर्दे देशभरका शिक्षण संस्थाहरूमा अभियान सुरु गरेको बालविवाह एवम दाइजो उन्मूलन राष्ट्रिय अभियानले जानकारी दिएको छ ।

जनचेतना अभियान विद्यालय, कलेज, प्राविधिक इन्शटिच्यूट लगायतका संस्थानहरूमा सञ्चालन हुनेछ । २५० जना विद्यार्थिहरूले लिखित रुपमा प्रतिद्धता जनाउँदै अभियानमा होमिएका छन् ।

Commitment signed by Students

बालविवाह एवम दाइजोको विश्व व्यापी र नेपालमा वर्तमान अवस्था, यसबाट बालिका र महिलाको जीवनमा पर्ने खतरा सहितका नकारात्मक एवं कुप्रथाहरूले गर्दा देशको आर्थिक सामाजिक उन्नतिमा परेको असरका विषयमा अभियानका तर्फबाट राज कुमार महतोले कार्यपत्र प्रस्ततु गर्दै अभियानमा सहभागि विद्यार्थीहरूलाई सचेत गराउनु भएको थियो ।

बालविवाह एवम दाइजोलाई अहिले नै निर्मूल पारिएन भने यसको आगोले तराई मधेश पहाड हिमाल कसैलाई पनि बाँकी नराख्ने महतोको भनाईथियो । अहिले पनि नेपालमा ५२ प्रतिशत भन्दा बढी बाल विवाह हुने गरेको र लगभग हरेक विवाहमा दाइजो जस्ता कुसंस्कार व्यापक रहेको उहाँको दावी छ ।

अभियानमा सहभागि अभिनेता डा. सि के सिंहले दाइजो बिना मैले विवाह गरे, अव दाइजो बिनाको विवाह गर्ने पालो तपाईहरूको भन्दै विद्यार्थिलाई उत्प्रेणा थप्नु भएको थियो ।

निस्वार्थ भावनाले सञ्चालित अभियानमा योगदान गर्न पाउनु यस शिक्षण संस्थाको सौभाग्य रहेको र यस अयिभानमा सक्रियताका साथ सहकार्य गर्न तयार रहेको प्रतिवद्धता प्रिन्सिपल सत्य नारायण यादवले जनाउनु भयो ।

प्रकाशित मिति २०७२ साउन ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: