हरियो साडीमा ब्रत


प्रकाशित मिति :2015-07-27 14:52:31

ब्रत बसेर श्रीमानको आयु लामो हुन्छ भन्नु  पित्तृसत्तात्मक सोचको परिणाम हो  ।
कबिता श्रेष्ठ | निर्मला ठकुराठी

DSCF1345काठमाडाैं, साउन ११ । राम्रो श्रीमान मिलोस भन्दै हरेक वर्ष साउनको सोमबार शिवको व्रत बस्ने हिन्दु महिलाको विभिन्न शिवको मन्दिरमा चहलपहल हेर्दा त्यहाँको रौनकै फरक देखिन्छ । साउन महिना सुरू हुनुअघि नै हातभरी मेहन्दी, रातो, हरियो र पहेँलो चुरा अनि पोशाकमा सजिने महिलाले साउन महिनाभर माछा—मासु नखाई शुद्ध खाना खाएर व्रत बस्ने गर्दछन् ।

सोमवार पशुपतिनाथको मन्दिरमा भेटिएकी बानेश्वरकी पचास वर्षीया लक्ष्मी मैनाली भगवानका लागि ब्रत बस्दा सबैलाई राम्रो हुने विश्वास गर्छिन् । श्रीमानमात्र नभएर पुरै परिवारको खुसीका लागि ब्रत बस्ने गरेको बताउने मैनालीलाई भगवान आफ्नै आत्मामा रहेको विश्वास छ । तीस वर्षदेखि ब्रत बस्दै आएकी मैनाली परिवारको खुसीका लागि व्रत बस्न आवश्यक रहेको बताउँछिन् ।

१७ वर्षीया शोभा सिंहलाई ब्रत बस्दा मनको इच्छा पुरा हुने विश्वास छ । तीन घण्टादेखि खाली खुट्टा दर्शनका लागि पशुपति मन्दिरमा लाइनमा उभिएकी शोभाले मागेको कुरा पुरा हुने विश्वासले   व्रत बसेको बताइन् ।  उनले आफ्नो राम्रो  शिक्षा र राम्रो श्रीमान् पाउनका लागि व्रत बसेको बताइन् । हातमा गाढा मेहन्दी लगाएकी शोभा भन्छिन् ‘श्रीमानले माया गर्नेको मात्र हातमा गाढा मेहन्दी लाग्छ ।’

काठमाडाैंकी सत्तरी वर्षीया शान्ती पराजुली ब्रत बस्दा आफूलाई आत्मसन्तुष्टी मिल्ने बताउँछिन् ।  पाँच सन्तानकी आमा पराजुली व्रत बस्दा स्फुर्ति बढ्ने र अरु समयभन्दा स्वस्थ भएको अनुभव गर्ने बताउँछिन् । सोह्र वर्षको उमेरदेखि ब्रत बस्न सुरु गरेकी उनलाई भगवानमा आस्था राखेकै कारण अहिलेसम्म कुनै  रोग नलागेको विश्वास छ ।

साउनको सोमबार हरियो रङको निकै चर्चा र महत्व भएपनि संस्कृतिबिद् बिणा पौडेलले भने धर्म पुराणमा हरियो चुरा र हरियो बस्त्रको बारेमा कुनै उल्लेख नगरिएको बताउँछिन् ।  समयअनुसार  धर्म संस्कृती पनि परिवर्तन र परिमार्जन हुनुपर्ने तर्क उनको छ । तर, समय  परिवर्तनसँगै श्रृङ्गार र तडकभडक हाबी हुँदा भक्ति र आस्था गौण हुँदै गएको पौडेल बताउँछिन् ।

यसैगरि पृथ्वीनारायण क्याम्पसका समाजशास्त्र, मानवशास्त्र र ग्र्रामीण विकास विभागकी प्रमुख शान्ती भुषालले महिलाले आफ्नो राजी खुसी स्वस्थ रहन ब्रत बस्ने भएकाले यो व्यक्तिगत अधिकारको विषय भएको प्रतिक्रिया दिइन् । ब्रत बसेर श्रीमानको आयु लामो हुन्छ भन्ने सोच भने पित्तृसत्तात्मक सोचको परिणाम रहेको भुषालले बताइन् ।

अरुको देखासिखी   गरेर वा श्रीमान र घरपरिवारले ब्रत बस्न बाध्य गर्छन् भने यो संस्कृतीको नाममा विकृती भएको उनको बिचार छ । व्रत बस्न कसैलाई बाध्य पार्न नहुने र व्रत बस्नेलाई नबस भन्नपनि नमिल्ने उनले बताइन् ।

प्रकाशित मिति :२०७२ साउन ११ गते सोमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: