सडक कालोपत्रे गर्ने महिला


प्रकाशित मिति :2015-07-27 14:40:36

रमला सिंगक

इटहरी, साउन ११ । सामान्यतया निर्माण क्षेत्रमा पुरुषको बर्चस्व रहने गरेको छ । तर सुनसरीको इटहरी २३ को भविनीपुृरस्थित सङ्गमचोकको सडक कालोपत्रे गर्न भने महिला अघि सरे ।आफ्नो घर अगाडिको कच्चा सड्कलाई कालोपत्रे गर्न स्थानीय महिला सक्रिय भए र तोकिएको समयभन्दा अगाडि नै निर्माण कार्य सम्पन्न गरेर देखाए ।

महिलाको सक्रियतामा निर्माण भएकोे कालोपत्रे सडकको इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिृकत पशुपति खतिवडाले उद्घाटन गर्नुभयो ।महिला मात्र निर्माण समितिमा रहेकाले सडकको कालोपत्रे बेलैमा सम्पन्न हुनेमा शंका गर्नेहरूलाई गतिलो जवाफ दिएको उपभोक्ता समितिका अध्यक्ष गीता गिरीले बताउनुभयो ।

mahilale banaye road  pic

उहाँले भन्नुभयो,‘आफ्नो योजना अनुसार सड्क कालोपत्रे गरेका छौं । निर्माण क्षेत्रमा महिलाले गरेको यो नमूनायोग्य कार्य हो ।’जिल्ला बिकास समिति, इटहरी उपमहानगरपालिका र स्थानियको सहयोगमा महिलाले २ सय १३ मिटर सडक कालोपत्रे गरेका हुन् ।

सडक निर्माणका लागि इटहरी उपमहानगरपालिकाको ७ लाख, जिविस सुनसरीको ५ लाख र स्थानिय उपभोक्ताबाट ३ लाख गरी कूल १५ लाख रुपैयाँको लागतमा सडक कालोपत्रे गरेको अध्यक्ष गिरीले बताउनुभयो ।

इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले इटहरीको विकास निर्माणमा महिलाको सक्रियता बढेकोमा खुशी व्यक्त गर्दै भन्नुभयो ‘यो एउटा राम्रो सुरुवत मात्र हो । यसले अन्य वडाका महिलालाई प्रेरित गर्ने विश्वास लिएको छु ।’
निर्माण समितिकी सदस्य छत्रकुमारी गिरी, सदस्य लक्ष्मी गुरुङले धेरै महेनतपछि बाटो कालोपत्र गर्न पाएकोमा आफुहरू निकै हर्षित भएको बताए ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर अर्जुन दाहालले महिलाको सक्रियताले बनेको उक्त सडक अरुको तुलनामा छिटो र तोकिएको बजेटभित्र स्तरीय बनेको बताउनुभयो ।

प्रकाशित मिति २०७२ साउन ११ गते साेमवार

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: