सडक दुर्घटनामा किन हुन्छ धेरै पुरुषको मृत्यु


प्रकाशित मिति :2015-07-28 11:33:24

खेमा बस्नेत

कैलाली, १२ साउन । सुदूरपश्चिममा विगत ४ वर्ष यता विभिन्न प्रकृतिका ३ सय ३८ सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा करिब ५ सय ४० मानिसले अकालमा ज्यान गुमाएका छन् ।

सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाका अनुसार ४ वर्षमा मर्नेमध्ये २० प्रतिशत महिला छन् । भने ५.७४ प्रतिशत बालिका रहेका छन् । त्यसैगरी ६४.८२ प्रतिशत पुरुष र ९.२६ प्रतिशत बालकले दुर्घटनामा ज्यान गुमाएका छन् ।
सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक देव बहादुर बोगटीले दुर्घटनामा १८.२२ प्रतिशत महिला र ४.१६ प्रतिशत बालबालिका गम्भीर घाइते भएको जानकारी दिनुभयो ।

उहाँले पुरुषको तुलनामा मृतक महिला कम देखिए पनि दुर्घटनाको हिसाबले मानवीय क्षति बढ्दै गएको बताउनुभयो । महिलाको तुलनामा पुरुष बढि यात्रा गर्ने भएकाले महिला मृत्युदर पुरुषको तुलनामा कम भएको उहाँको तर्कछ ।
गत आर्थिक वर्ष २०७१/०७२ को तथ्याङक हेर्दा सवारी दुर्घटनादर घटेको छैन् । ट्राफिक प्रहरीका अनुसार बस, ट्रक, मोटरसाइकल, टेम्पो, ट्याक्टर, जीप, कार लगायतका सवारी साधनहरू बढि दुर्घटनामा पर्ने गरेका छन् । यी मध्ये पनि मोटरसाइकल दुर्घटनाको संख्या धेरै रहेको ट्राफिक प्रहरी प्रमुख बोगटी बताउँनुहुन्छ ।

आर्थिक वर्ष २०७१/०७२ मा मात्रै ७४ ओटा मोटरसाइकल दुर्घटनामा परेका छन् । त्यसैगरी १५ ट्याक्टर दुर्घटना, ४२ बस दुर्घटना, ३६ जीपकार दुर्घटना, २५ ट्याक्टर दुर्घटना भएका छन् ।
गत आर्थिक वर्षको दुर्घटनामा परी (२५.१७ प्रतिशत) ३७ जना महिलाले ज्यान गुमाएका छन् । गत आर्थिक वर्षको अवधिमा १५० सवारी दुर्घटना भएका थिए । त्यसमा १४७ जनाले ज्यान गुमाए ।
पहाडी बाटो र सवारी चालकको असावधानीले दुर्घटना न्युनिकरणमा चुनौति थपिएको एसपी बोगटीको भनाईछ ।
प्रकाशित मिति २०७२ साउन १२ गते मंगलवार

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: