यौनकार्यका लागि नेपाली महिलाको व्यापारः अमेरिका


मानव वेचविखनविरुद्धको कानुन कडा बनाउन सुझाव

प्रकाशित मिति :2015-07-28 14:48:23

महिला खबर

jon-karyeअमेरिकी , साउन १२। नेपाल  बाध्यात्मक श्रम र यौन व्यापारका लागि स्रोत ,ट्रान्जिट पोइन्ट र गन्तव्य राष्ट्र भएको  अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले  मानव बेचविखनको विश्वव्यापी समस्यालाई प्राथमिकता दिई सार्वजनिक गरेको प्रतिवेदन ‘ट्राफिकिङ इन पर्सन्स २०१५’ मा नेपाली महिला नेपाल, भारत, मध्यपुर्व, एसिया तथा अफ्रिका जस्ता मुलुकमा यौन कार्यका लागि बेचिने गरेको जनाइएको छ । यसैगरि नेपाली पुरुष, महिला र बालबालिका नेपाललगायत भारत, मध्य पुर्व, एसिया  र अमेरिकामा उद्योग , खानीहरू, घरेलु कामदार  र मनोरन्जन उद्योगहरूमा   बाध्यात्मक श्रमिकका रुपमा काम गर्न बाध्य भएको जनाइर्एको छ ।  नेपाली मेनपावर कम्पनीहरूले झुक्याएर अत्यन्तै धेरै पैसा लिई नेपालीलाई यस्तो बाध्यात्मक श्रममा  फसाउने गरेको प्रतिवेदनमा जनाइएको छ ।

अवैधानिक रुपमा भारतको बाटो हुँदै बाहिरिने नेपाली कामदारहरू जोखिमपुर्ण क्षेत्रमा  श्रम गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ   ।  ‘बङ्गलादेशी र अन्यदेशका नागरिकले समेत  नक्कली नेपाली कागजपत्र बनाई नेपालको बाटो हुँदै  मानव तस्करको सिकार बन्ने गरेका छन्’ प्रतिवेदनमा भनिएको छ ।  सरकारी कर्मचारीहरूले   घुस लिएर उनीहरूलाई यस्ता नक्कली र झुठो प्रमाण जुटाउन सहयोग गर्ने गरेको  पाइएको  प्रतिवेदनले जनाएको छ ।

नेपाल सरकारले मानव तस्करी रोक्न सक्दो प्रयास गरेपनि  मानव तस्कर सम्बन्धि न्युनतम मापदण्ड पुरा गर्न नेपाल असमर्थ रहेको अमेरिकाले जनाएको छ । नेपालले मानव बेचविखनविरुद्ध  राष्ट्रिय कार्ययोजना बनाई सवै जिल्लाको गाउँ तहमा बेचविखनविरुद्धको समिति बनाएपनि  पीडितलाई पहिचान गरी  सुरक्षा दिन असफल भएको  जनाईएको छ  ।

प्रतिवेदनले  अन्र्तराष्ट्रिय कानुन अनुसार मानव बेचविखनको परिभाषालाई बिस्तृत बनाई यस सम्बन्धी कानुन परिमार्जन गर्न  सुझाव दिइएको छ । नेपाली महिलाको देशभित्रै हुने वेचविखनलगायत सवै खाले बेचविखन,  सरकारी तहबाटै  बेचविखन जस्तो अपराधमा हुने मिलेमतोविरुद्ध कडा कानुन बनाई कार्यान्वयन गर्न प्रतिवेदनले सुझाएको छ ।  प्रतिबेदनले पीडित नै दण्डित हुने जस्ता गैरकानुनी क्रियाकलाप नगर्न समेत सचेत गराएको छ ।

प्रकाशित मिति :२०७२ साउन १२ गते मंगलवार

तस्बिरः अमेरिकी विदेश मन्त्रालयको वेवसाइट ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: